२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चुनावको मुखमा नेपाली काँग्रेस पर्वतमा पहिरो, काँग्रेसले १८ बर्षसम्म गुन नतिरेपछि बामगठबन्धनतिर युवा

२०७४, २५ कार्तिक शनिबार ०२:३५


पर्वत । निर्वाचनको पुर्वसन्ध्यामा नेपाली काङग्रेस परित्याग गरी बामगठबन्धनमा युवाहरु प्रवेश गरेका छन् । पर्वतको महाशिला गाँउपालिकाको भोक्सिङ र होश्राङदीमा बामगठबन्धनको चुनावी प्रचार प्रसार अभियान कार्यक्रमको अवसरमा उनीहरु एमालेमा प्रबेश गरेका हुन् । उनीहरुले लोकतान्त्रिक गठबन्धन बाट कुनै सम्भव नरहेको र देश समृद्धशाली बनाउन बामगठबन्धन बाट मात्र सम्भव रहेको भन्दै बाम गठबन्धनका साझा उमेदवारलाई बिजय गराउन लाग्ने बतएका छन् ।

पार्टी प्रवेश गर्दै सन्तोष भुषालले लोकतान्त्रिक गठबन्धन देश विकासको बाधक रहेको र काङग्रेस जनताको सेवामा लिप्त रहनुपर्नेमा आफ्नो स्वार्थमा केन्द्रित रहेको बताउदै बामगठबन्धनले मात्र देशको निकास दिन सक्ने हुदाँ आफुले पार्टी परिर्वतन गर्नुपरेको बताए ।

पार्टी प्रवेश गराउदै नेकपा एमालेका केन्द्रिय सदस्य बिजय गुरुङले देशभर चलिरहेको बाम गठबन्धनको चुनावी लहर र एकताको कारण प्रदेशसभा र प्रतिनिधि सभामा बामपन्थीहरुले नै जितेर सत्ता चलाउने दाबी गरे । उनले पार्टी प्रवेश गर्नेहरुले बेलैमा सोचेको बताउदै अन्य नेपाली काङग्रेसका कार्यकर्ताहरु लाई पनी चारतारे झन्डा त्यागेर बामगठबन्धनको मालामा उनीन आग्रह गरे ।

प्रतिनिधीसभाका उम्मेद्धार पदम गिरीले वि.स.२००७ साल देखि वीचमा केही समय छोडेर अधिकांस समय कांग्रेसले सत्ता समाले पनि देशमा आर्थिक र सामाजिक क्रान्ति गर्न नसकेकाले नै विकास र समृद्धीका लागि पनि कम्यूनिष्टहरुको विकल्प नरहेको बताए ।

उनले आफुसँग प्रतिनिधी सभाको लागी उम्मेद्धार बनेका नेपाली काङग्रेसका अर्जुन प्रसाद जोशीले १८ बर्ष सम्म पर्वत क्षेत्र नं. १ को विकास गर्न नसकेको आरोप लागाउदै एक नं. क्षत्रको विकास गर्न नसकेका जोशी सँग विकास गर्ने कुनै क्षमता नरहेको र उनको जनता सँग मत माग्ने नैतिकतानै समाप्त भएको बताए ।

पहिलो पटक प्रतिनिधी सभाको लागी चुनावी मैदानमा उत्रेका गिरीले आफुले जितेमा जिल्लाको विकास कायपलट गर्ने उद्धोघष गरे । गिरीले पर्वत जिल्लाका समस्याहरुलाई प्रतिनिधिसभामा पुगेर समाधान गर्नका लागि पहल गर्ने बताउँदै बाम गठवन्धनलाई बिजयी गराउन सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे । उनले अहिलेसम्म कुशल नेतृत्व नपाउँदा जिल्ला चौतर्फि हिसावले अघि बढ्न नसकेको बताउँदै अग्रगामी सोच लिएर आफु अघि आएको समेत गिरीले बताए ।

त्यस्तै प्रदेश सभाका उम्मेद्धार निर्वतमान सांसद विकास लम्सालले युवा देखी बृद्धसम्म र गरिब असाह्यहरुको समस्याको समाधान आफुहरुले मात्र गर्न सक्ने दाबी गर्दै नेपाली युवाहरूको ज्ञान, सीप र आर्जनलाई राष्ट्र निर्माणमा लगाउने नीति लिँदै नेपाली नागरिकको श्रम सम्बन्धी हक लगायत अन्य हकको सुरक्षाका लागि प्रभावकारी पहल गर्ने बताए । । उहाँले पर्यटन,उधोग र गाँउगाँउमा सहकारी तथा कृषि मार्फ मार्फत प्रत्यक वडाहरुका कम्तिमा ५० जना युवाहरु लाई रोजगारको ग्यारेण्टी गर्ने एजेण्डा रहेको बताए ।

यातायात पूर्वाधार आर्थिक रुपान्तरणको आधार भन्ने मुलनारा लाई साकार पार्न आफुहरु चुनावी मैदानमा उत्रेको बताउदै पर्यटन, शिक्षा,स्वास्थ्य,खानेपानी,बिधुत लगाएतका पुर्वाधारको विकास गर्ने बताए ।

उनले मुलुकको स्थात्व,विकास,शान्ति,समृद्धिको लागी बामगठबन्धन लाई मतदान गर्न आग्र गरे । लम्सालले अघिल्लो संविधानसभा निर्वाचनमा आफुलाई बिजयी गराएर संविधान निर्माण गर्न सफल भएको बताउँदै आगामि दिनमा यो क्षेत्रको आर्थिक समृद्धिको पक्षमा काम गर्ने बताए ।

उनले मुलुकलाई अघि बढाउनका लागि बाम गठवन्धन विशेष योजनाका साथ अघि आएको बताउँदै भोक्सिङ्ग र होश्राङ्दीका सम्भावनाहरुलाई पहिचान गरी आफुले दिर्घकालीन योजना ल्याउने पक्षमा रहेको बताए । उनले समृद्ध पर्वतको खाका आफुले तयार गरिसकेको बताउँदै यहाँ भएका सम्भावनाहरुलाई पहिचान गरेर स्वरोजगार सिर्जना गरिने समेत बताए ।

कार्यक्रममा निर्वतमान समानुपातिक सांसद कल्पना चापागाई,नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य गगन कु.थापा प्रदिप,फलेवास नगरपालिका प्रमुख एवं नेकपा एमाले जिल्ला सचिब पदमपाणी शर्मा,महाशिला गाँउपालिका प्रमुख राजु पौडेल,जिल्ल कमिटी सचिवालय सदस्य ईश्वरी भुषाल लगाएतले बोलेका थिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै