२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

कांग्रेसले जिते खोटाङ संमृद्धितिर लम्कन्छ: वजिमय

२६ कार्तिक २०७४, आईतवार ०५:५९

चिसाङ शेर्पा/कार्तिक २५, खोटाङ । मंसिर १० गते हुने चुनाव कांग्रेसले जिते जिल्ला संमृद्धितिर लम्कने प्रतिनिधिसभाकी एक्ली महिला उम्मेद्वार सरस्वती वजिमयले बताउनुभएको छ । 

शनिवार साकेला गाउँपालिका ४ मात्तिम विर्ता मानेभञ्ज्याङमा खोटाङ कांग्रेसले गरेको चुनावी आमसभालाई सम्वोधन गर्दै निवर्तमान सभाषद वजिमयले २०५६ सालमा आफ्नो पार्टीले जिते पनि संकटकालिन अवस्था रहेका तथा माओवादी वाधक बन्दा पुरा हुन नसकेका विकासका गतिविधिलाई अव कांग्रेसले पुरा गर्ने बताईन । 


खोटाङवाट १८ पुरुषको विचमा एक्ली महिला उम्मेद्वार वजिमयले लोकतान्त्रिक पार्टी जनताका लागि स्थापित भएकाले सवैको हकाधिकार, शान्ती, अमनचयन, पर्यटकीय क्षेत्र, सडक स्तरोन्नती, विधुत विस्तारजस्ता विकासे कामहरु पहिलो एजेण्डा रहेको उदघोष गरिन ।  

न्याय र अधिकारमा पुरुष सरह महिलाको सिट सुरक्षित गर्न अहोरात्र प्रयासरत वजिमयले महिला जनगुनासो, महिला हकाधिकार तथा भविष्य सुनिश्चितता र खोटाङगे जनताका लागि आफु चुनावीसभामा खटेको बताएकी छन् ।  

राप्रपा नेपाल खोटाङका जिल्ला अध्यक्ष जिवन कुमार श्रेष्ठले वारम्वार एउटै पार्टी जिताए जनताको मुल्याङकन र औचित्य नहुने बताउँदै आफ्ना पार्टी मातहतका नेता, कार्यकर्तालाई कांग्रेसलाई सहयोग गर्न अनुरोध गरेका छन् । उनले भने, “बाम गठबन्धनका नामले चिनिएका कम्न्युष्टहरु देशभक्त, राष्ट्रवादी हुदैनन् । उनीहरु कात्रो किन्दा र सुत्केरी कार्यक्रमका वजेटसम्ममा कमिशन खान भ्याउँछन् ।” श्रेष्ठले, मुलुकको अवस्था हेरेर राप्रपा, कांग्रेस गठबन्धन गरेको भनेका छन् ।

जिल्लामा नेकपा मओवादी, नेकपा एमाले तथा राप्रपा र कांग्रेसले चुनावी तालमेल गरेर विभिन्न स्थानमा चुनावीसभा गरीरहेका छन् । प्रतिनिधिसभाका लागि गठबन्धन विशाल भट्टराई र कांग्रेसवाट सरस्वती वजिमयविच कडा टक्कर हुने अनुमान छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो