१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोटाङमा नेकपाद्वारा मेयरदेखी उम्मेद्वारसम्मका घर-जग्गा कब्जा

२७ कार्तिक २०७४, सोमबार १०:३४

चिसाङ शेर्पा/कार्तिक २७, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इबन राईको घर, जग्गा र सम्पत्ति नेपाल कम्युनिस्ट पार्टी खोटाङले नियन्त्रणमा लिएको छ ।

नगरप्रमुख राईको घरमा कात्तिक २५ गते शनिवार राति कसैले थाहा नपाउनेगरी विज्ञप्ती टाँसी घर, जग्गा र सम्पत्ति नियन्त्रणमा लिएको उसले जनाएको हो ।

नेकपा खोटाङ सेक्रेटरीद्वारा जारी विज्ञप्तीको पुछारमा उल्लेख छ, ‘खोटाङ जिल्लाका जनतालाई गुन्डा र पैसाको बलमा चुनाव जितिसकेर देश लुट्न लागि परेका खोटाङ जिल्ला मंगलटार गाविस वडा नं. २ निवासी राई, दलाल संसदीय व्यवस्थाको मत्यार बनेको हुँदा निजको स्वामित्वमा रहेका सम्पूर्ण घर, जग्गा, सम्पत्ति हाम्रो पार्टीको नियन्त्रणबाट जनताले उपभोग गर्ने कुरा सम्पूर्णमा जानकारी गरिन्छ ।’ विज्ञप्तीमा उल्लेख गरिएकोे छ ।


हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख राईको आँगनमा पार्टीको झन्डा गाडेको र घरको भित्तामा विज्ञप्ति टाँसिएको छ । नगरप्रमुख राईले बिहान उठ्दामात्रै आँगनमा झन्डा गाडेको र विज्ञप्ति टाँसेको आफुले थाहा पाएको बताउँनुभयो । 

उहाँका अनुसार “नेकपा कार्यकर्ताले आधा सत्ता सञ्चालन गर्ने भन्दै स्थानीय तहमा विनियोजित आधा बजेट माग गर्दै आएका थिए । उनिहरुले प्रत्यक्ष टेलिफोन गरेर समेत आसन्न निर्वाचन प्रचारप्रसारमा नहिँड्नसमेत सुझाएका थिए ।”

यस्तै, नेत्रविक्रम चन्द विप्लव समुहले प्रदेशसभा (क)का कांग्रेस उम्मेद्वार सुवासकुमार पोखरेल, राप्रपाका नेता चन्द्रसिं वस्नेत र उनका छोरा गिरीराज बस्नेतको घर जग्गा कब्जा गरेको नेपाल कम्न्युष्ट पार्टीको विज्ञप्तीमा उल्लेख रहेको छ ।

चुनावको मुखमा विविध कार्यक्रम र चुनावीसभामा व्यास्त प्रदेशसभाका (क)का उम्मेद्वार पोखरेलले कब्जा वारेमा जानकारी नभएको बताएका छन् । आगामी मंसिर १० गते हुने निर्वाचन प्रभाव पार्नका लागि श्रृङखलावद्धरुमा भईरहेको अराजक गतिविधिलाई निर्मुलन गर्न दोषीहरुको खोजी भईरहेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । निर्वाचन विफल बनाउन बिप्लव समुहले घर जग्गा कब्जा गर्न थालेको अनुमान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो