२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

छिमेकी नेता हैन काम गर्ने नेता छान्नुहोस: पोखरेल

२०७४, २७ कार्तिक सोमबार १२:१९

चिसाङ शेर्पा/कार्तिक २७, खोटाङ । प्रदेशसभा (क) का कांग्रेस उम्मेद्वार तथा प्रभावशाली नेता सुवास कुमार पोखरेले ‘छिमेकी नेता हैन काम गर्ने नेता चुन्न जनतालाई आग्रह गरेका छन् ।’ 

नियमित चुनावी सभा कार्यक्रम अन्तरगत सोमवार केपिलासगढी गाउपालिका ४ स्थित सर्वेश्वर महादेव मन्दिरको प्राङगणमा भएको आमसभामा नेता पोखरेलले काठमाण्डौ, पोखरजस्ता स्थानमा चुनाव हारे पनि बाक्सिलाजस्तो ठाउँमा स्थानिय चुनाव जित्नमा सवैको भुमिका प्रशंसानिय रहेको बताए । 

चुनावी वहानमा भ्रममा नपर्न आग्रहका साथ उनले पार्टीभन्दा बिकासका काममा पहरेदार व्यक्तिलाई चुन्न जनतालाई भनेका छन् । श्रेष्ठले भने “कसले के कती विकास गर्छन भन्ने जनतामा चेतना आईसकेको छ । त्यसैले हाम्रो हैन राम्रो मान्छे छान्नुस ।”


यस्तै, प्रदेशसभा (क) का समानुपातिक उम्मेद्वार वीरकाजी राईले “नेपालका लोकतान्त्रिक पार्टीले मात्रै विकासका मुल एजेण्डाहरु पुरा गरेका चुनावीसभामा उपस्थित जनतालाई प्रष्ट पारेका थिए ।” कांग्रेसले जनताका सवै समस्यालाइ समाधान गर्ने  कार्यक्रममा उपस्थित नेताहरुले बताएका थिए । 

कार्यक्रममा बाक्सिलाका वडाध्यक्ष गणेश अधिकारी, नेपाल तरुणदल केन्द्रिय सदस्य दिनेश राई, तरुणदल जिल्ला अध्यक्ष भिषण राई लगायतको उपस्थिती रहेको वाक्सिलावाट कांग्रेस नेता ईश्वर अधिकारीले बताए ।

एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश

चुनाव नजिकिदै गर्दा खोटाङमा पार्टी परित्याग गरी कार्यकर्ताहरु ओहोरदोहोर गर्न थालेका छन् । शनिवार नेपाली काग्रेस खोटाङले साकेला गाउपालिकास्थित मात्तिम विर्ता ४ मानेभञ्ज्याङमा गरेको चुनावी सभामा नेकपा एमालेका दर्जन कार्यकर्ता पार्टी परित्याग गरी काग्रेसमा आएका छन् ।

साकेला गाउपालिकाका विभिन्न स्थानका अमृता राई, लोचन राई, रोजन राई, महेश राई, सविन राई, डिग वहादुर राई, कर्णाखर फुयल, हरी फुयल, खगेन्द्र खड्का, दिपक खड्का, मुना ढकाल र लक्ष्मी राई कांग्रेसमा प्रवेश गरेका छन् । 

पार्टी प्रवेश गरेका सवैलाई प्रतिनिधिसभाका उम्मेद्वार सरस्वती वजिमय, समानुपातिक उम्मेद्वार हिरा गुरुङले अविर जात्रा गरी स्वागत गरेका थिए । पार्टीमा आएका कार्यकर्तालाई सोही दिन कांग्रेसले सदस्यता कार्ड वितरण गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से