Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, ८ फाल्गुन शुक्रबार
पर्बत - PBT

अवसर दिनुहोस् पर्वतमा विकासको लहर ल्याउनेछु– प्रदेशसभा उम्मेदवार नेत्र अधिकारी

२०७४, २९ कार्तिक बुधबार ०२:२४

पर्वत ।नेकपा एमाले र माओबादीको संयुक्त बाम गठबन्धनले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । प्रदेशसभाका लागि दुइ क्षेत्र भएको पर्वतमा दुवै क्षेत्रमा बामगठबन्धनले आफ्नो अभियानलाई तिब्रता पारेको हो । क्षेत्र नं १ का उम्मेदवार नेत्र अधिकारीले आफ्नो क्षेत्र र विकास लम्सालले क्षेत्र नं २ मा घरदैलो कार्यक्रमलाइ तिब्रता दिएका छन् भने प्रंतिनिधिसभाका उम्मेदवार पदम गिरीले दुवै क्षेत्रमा आलोपालो पुग्न थालेका छन् । मंसिर २१ गते दोस्रो चरणमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनाव प्रचारप्रसार अभियानमा बामगठबन्धन साविकका गाउँविकास समितिहरुमा पुग्न थालेको छ ।

प्रदेशसभाका उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य नेत्र अधिकारले आफूलाई अबसर प्राप्त भए जिल्लाको विकास गरेर देखाउने बताएका छन् । नयाँ संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गरेर देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन वाम गठबन्धनलाई जिताउनुपर्नेमा उनले जोड दिए । नेपाली जनताको लामो समय देखिको सपना पुरा गर्न दुइ पार्टी विच चुनावी तालमेल र एकताको सहमती भएको  र चुनाव लगत्तै बामगठबन्धनको एकै पार्टी हुने भएकाले पनि देशमा अब बामगठबन्धनको सरकार बन्ने बताउँदै अधिकारीले जिल्लाको विकास गर्नको लागि आफूलाई मतदान गर्न आग्रह गरे ।

बामगठबन्धनको चुनाव चिन्ह प्राविधिक कारण फरकफरक भएपनि एकिकरणपछि भने एकै हुने बताउँदै     अधिकारीले आममतादाताले बामगठबन्धनलाई विजयी गराउनुपर्नेमा जोड दिए । सधै भ्रमको राजनीति गरेर जनतालाई झुक्काउने दलका नेतालाई यसपटक पराजित गरेर जनताका असली सेवकलाई मतदान गरि विजयी गराउन सके जिल्लाको विकास हुन बेर नलाग्ने उनले बताए । वाम गठबन्धनप्रति जनता उत्साहित भएकाले पर्वतमा दश हजार मत अन्तरले वाम गठबन्धन विजय हुने  प्रतिनिधिसभाका उम्मेदवार पदम गिरीले दाबी गरे । आफ्नो गाउँ आफै बनाउँ, सामाजिक सुरक्षा भत्ता, गरिब विपन्नका लागि जनता आवास, लोडसेडीङको अन्त्य गर्ने, ठूला विकासका आयोजनाको सुरुवात र राष्टिू स्वाभिमान जोगाउने काम वामपन्थीको सरकारले गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए