२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बामगठबन्धनका नेताद्धय प्रचण्ड र ओली आज पर्वतमा

२०७४, ३० कार्तिक बिहीबार ०५:४९

कात्तिक ३०, पर्वत । पर्वतको सदरमुकाम कुश्मामा बामगठबन्धनका दुई नेता प्रचण्ड र केपी ओली आज विहिवार आउदैछन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष ओलीले कुश्माको बान्द्रेविडिमा आयोजना गरिने विशाल आमसभामा मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।  

नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टीको संयुक्त बामगठबन्धनले विशाल चुनावी सभामा दशौ हजार कार्यकर्ताहरु सहभागी हुने दावी गरेका छन् । बामगठबन्धनका नेताहरु प्रचण्ड र ओलीले चुनाव प्रचारप्रसारको राष्टिूय कार्यक्रम अनुसार ४ नं. प्रदेश अन्तर्गत बाग्लुङ, पर्वत र स्याङ्जा जिल्लामा एकैदिन चुनावी मन्तव्यको कार्यक्रम रहेको जनाइएको छ ।  

विहिवार बाग्लुङमा आयोजना हुने चुनावीसभामा सम्वोधन पश्चात बामगठबन्धनका नेताहरु प्रचण्ड र ओली पर्वतको कुश्मामा आउने कार्यक्रम तय भएको हो । पर्वतको चुनावी आमसभामा विहिवार दिउँसो २ देखि ३ बजेको विचमा नेता प्रचण्ड र ओलीले सम्वोधन गर्ने बामगठबन्धन पर्वतका जिल्ला नेता मेघनाथ सुवेदीले बताए ।

नेता प्रचण्ड र ओलीको पर्वत आगमन र सम्वोधनलाई पर्वतवासी जनताले चासो दिएर बसेका छन् । बामगठबन्धनका वरिष्ठ नेताहरुको मन्तव्यलाई बामगठबन्धनका कार्यकर्ता मात्र नभई कांग्रेसी कार्यकर्ताहरु साथै सर्वसाधारणको चासो समेत उल्लेख्य छ । राष्टिूय नेताहरुको मन्तव्यले जिल्लाको चुनावी माहौल समेत बढ्ने अनुमान जिल्ला नेतृत्वको छ ।  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने