१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नेपालमा अब कहिल्यै नाकाबन्दी हुन सक्दैन, पोखराबाट कुस्मा हुँदै बेनी सम्म रेल – ओली

१ मंसिर २०७४, शुक्रबार ०६:१४


पर्वत /नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा नेपालमा कहिल्यै पनि नाकाबन्दी हुन नसक्ने बताएका छन ।

संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन समिति पर्वतले कुस्माबजारमा आयोजना गरेको चुनाबीसभालाई सम्बोधन गर्दै उत्तर र दक्षिणका नाका खोलिएका कारण अब नेपालमा नाकाबन्दी हुनै नसक्ने बताएका हुन ।

बाम गठबन्धनले चुनाब जितेपछि नाकाबन्दी हुन्छ भनेर हौवा फैलाइएको बताउँदै अध्यक्ष ओलीले भने ‘उत्तर दक्षिणका नाका खोलिएका छन, कसैले चाहेर पनि नाकाबन्दी हुन सक्दैन ’ उनले उत्तर तर्फ खोलिएका नाकाहरु पुग्ने मोटरबाटो अब पक्की बनाएपछि उत्तर दक्षिणमा सहज ब्यापार गर्न सक्ने उनको भनाई थिए । ओलीले आफुँ प्रधानमन्त्री हुँदा मुस्ताङ्ग र तीब्बत जोड्ने कोरल्ला नाका पुग्ने बाटोका लागि ३ अर्ब ६० करोड रुपैया बजेट समेत बिनियोजन गराएको बताउँदै ३ बर्ष भित्र कालोपत्रे गरि सक्ने आश्वासन पनि दिए ।

मध्यपहाडी लोकमार्ग पुरा भएपछि यस क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा ठुलो परिर्वतन ल्याउँदै उनले काठमाण्डौ देखि पोखरा सम्म आउने रेललाई कुस्मा हुँदै बेनी पु¥याउने बताए । ‘पोखरा सम्म आउने रेललाई कुस्मा हुँदै बेनी पु¥याउने छौ’ उनले भने ‘यसका लागि केही बर्ष मात्रै लाग्छ’

उनले बामपन्थीहरुको एकताबाट आत्तिएको कांग्रेसले कम्युनिष्टहरु सत्तामा आएपछि अधिनायकबाद आउँछ भनेर भ्रम फैलाएको आरोप पनि लगाए । उनले बाम गठबन्धनले निर्वाचन जितेपछि लोकतन्त्र सुदृढ गरिने आश्वासन पनि दिए । उनले बाम गठबन्धनले मुलुकमा शान्ति, सुशासन, बिकास र सम्बृद्धि ल्याउने बताए । ‘देशले खोजेको लोकतन्त्र, शान्ति, बिकास, सुशासन र सम्बृद्धि सबै बाम गठबन्धनले दिन्छ’ उनले भने । कांग्रेसले समाजबाद बिसीसकेको आरोप पनि उनले लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो