१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छः डा लोहनी

१ मंसिर २०७४, शुक्रबार ११:३८

मङ्सिर १, विराटनगर । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रिवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने बताएका छन् ।

सो पार्टी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने “प्रत्येक नौ–नौ महिनामा सरकार परिवर्तनले गर्दा मुलुकमा अस्थिरता उत्पन्न हुनाले संविधान संशोधन गरी कार्यकारी निर्वाचित प्रधानमन्त्री र राष्ट्र प्रमुखमा राजसंस्था राख्नका लागि जनताले आफ्नो पार्टीलाई संसद्मा प्रतिनिधित्व गराउने छ ।”

अध्यक्ष डा लोहनीले जनताको चाहना विपरित लहडको भरमा नेपाललाई धर्मनिरपेक्ष बनाएको बताउँदै हिन्दू राष्ट्र भएमा मात्र विश्वमा नेपालको पहिचान हुने र मुलुकमा धार्मिक पर्यटनको विकास भई आर्थिक संमृद्धि हुने बताए।

भ्रष्टाचार मुलुकको मुख्य शत्रु भएको उल्लेख गर्दै उहाँले मुलुकको आर्थिक विकास तथा युवालाई रोजगारी उपलब्ध गराउन तराई–मधेश क्षेत्रमा विकासको पूर्वाधार खडा गरी विशेष औद्योगिक क्षेत्र निर्माण गर्नुपर्नेमा जोड दिए ।

डा लोहनीले अहिलेको अवस्थामा तीन राप्रपाबीच एकता हुने कुनै सम्भावना नरहेको पनि बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो