१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतान्त्रिक अभ्यासलाई बिथोल्न उम्मेदवारमाथि आक्रमण: ओली

२ मंसिर २०७४, शनिबार ०७:५६

मङ्सिर २, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अभ्यासलाई बिथोल्न वाम गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण भइरहेको बताएका छन् ।  

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनलेउम्मेदवारलाई सुरक्षित एवं निर्वाध रुपमा निर्वाचनको कार्यक्रममा सहभागी हुन सरकारले सुरक्षाको व्यवस्था मिलाउनुपर्ने बताए ।

उनले मुलुकको विभिन्न स्थानमा वाम गठबन्धनका उम्मेदवार माथि सांघातिक आक्रमण हुँदा वर्तमान सरकार मौन बसेको आरोप लगाउँदै वर्तमान सरकार नै निर्वाचनको मिति पर सार्न लागिपरेको उल्लेख गरे । 

एक प्रश्नको जवाफमा उनले सरकारले खुल्ला रुपमा राज्यकोष दुरुपयोग गरी निर्वाचनलाई प्रभावित गर्ने कार्य भइरहेकोे बताउँदै निर्वाचनपछि बन्ने सरकारले यसबारे छानबीन गर्ने र दोषीमाथि कारबाही हुने बताए । 

एमाले अध्यक्ष ओलीले सरकारबाट निर्वाध रुपमा निर्वाचन आचारसंहिता उल्लंघन हुँदा पनि निर्वाचन आयोगले प्रभावकारी ढंगले अनुगमन कार्य नगरेको विचार व्यक्त गरे । 

उनले आगामी निर्वाचन पश्चात बन्ने वाम गठबन्धनको सरकारले भ्रष्टाचार नियन्त्रण गरी विकासको प्रतिफल जनतासम्म पु¥याउने दाबी गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो