२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतान्त्रिक अभ्यासलाई बिथोल्न उम्मेदवारमाथि आक्रमण: ओली

२०७४, २ मंसिर शनिबार ०७:५६

मङ्सिर २, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अभ्यासलाई बिथोल्न वाम गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण भइरहेको बताएका छन् ।  

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनलेउम्मेदवारलाई सुरक्षित एवं निर्वाध रुपमा निर्वाचनको कार्यक्रममा सहभागी हुन सरकारले सुरक्षाको व्यवस्था मिलाउनुपर्ने बताए ।

उनले मुलुकको विभिन्न स्थानमा वाम गठबन्धनका उम्मेदवार माथि सांघातिक आक्रमण हुँदा वर्तमान सरकार मौन बसेको आरोप लगाउँदै वर्तमान सरकार नै निर्वाचनको मिति पर सार्न लागिपरेको उल्लेख गरे । 

एक प्रश्नको जवाफमा उनले सरकारले खुल्ला रुपमा राज्यकोष दुरुपयोग गरी निर्वाचनलाई प्रभावित गर्ने कार्य भइरहेकोे बताउँदै निर्वाचनपछि बन्ने सरकारले यसबारे छानबीन गर्ने र दोषीमाथि कारबाही हुने बताए । 

एमाले अध्यक्ष ओलीले सरकारबाट निर्वाध रुपमा निर्वाचन आचारसंहिता उल्लंघन हुँदा पनि निर्वाचन आयोगले प्रभावकारी ढंगले अनुगमन कार्य नगरेको विचार व्यक्त गरे । 

उनले आगामी निर्वाचन पश्चात बन्ने वाम गठबन्धनको सरकारले भ्रष्टाचार नियन्त्रण गरी विकासको प्रतिफल जनतासम्म पु¥याउने दाबी गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु