१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा मतदान केन्द्रमा कर्मचारी जाँदै

६ मंसिर २०७४, बुधबार ०३:१७

चिसाङ शेर्पा/मंसिर ६, खोटाङ । आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि खोटाङमा कर्मचारी मतदान केन्द्र पठाउन थालिएको छ । 

मत पेटिका, मतपत्र, नङमा हाल्ने मसी, स्टाम्प प्याड लगायतका ६४ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीको समुह मतदान केन्द्रतर्फ पठाउन थालिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । 

सदरमुकाम दिक्तेलबाट टाढा पर्ने पालिकाको मतदान केन्द्रमा खटिएका अधिकांश कर्मचारी हिँडिसकेका छन् । जन्तेढुंगा गाउँपालिकामा निर्वाचन सामग्री सहितका कर्मचारी पुगिसकेका छन् । 

यस्तै, बराहपोखरी, खोटेहाङ, केपीलासगढी, ऐसेलुखर्क गाउँपालिकाभित्रका मतदान केन्द्रमा खटिएका कर्मचारी पनि निर्वाचन सामग्री बुझेर सदरमुकाम दिक्तेलबाट हिँडिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

अन्य पालिकामा खटाइएका कर्मचारीले पनि निर्वाचन सामग्री बुझिरहेका छन् । आसन्न निर्वाचनका लागि १३६ मतदान स्थल र १७९ मतदान केन्द्र तोकिएको खोटाङमा १ हजार ४३२ कर्मचारी खटाइएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते