१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

आफ्नै कार्यकर्तालाई ईच्छाविपरीत भोट हाल्न लगाउँदैछन बाम गठबन्धन: राई

६ मंसिर २०७४, बुधबार ०३:४०

मंसिर ६, खोटाङ । बाम गठबन्धनले आफ्नै कार्यकर्तालाई ईच्छा विपरीत भोट लगाउन दबाव दिईरहेको नेपाली कांग्रेस खोटाङका प्रखर बक्ता तथा प्रदेशसभा (ख) का उम्मेद्वार विष्णुकुमार राईले बताउनुभएको छ । 

गठबन्धनले आफु निकट कार्यकर्ताको नैसर्गिक अधिकारको हनन् गर्दै डर, धम्की र त्रासमा भोट मागीरहेको बताएका छन् । नियमित चुनावी सभालाई संबोधन गर्ने क्रममा नेता राईले मंगलवार रुपाकोट मझुवागढी नगरपालिका ७ दोर्पा चिउरीडाडामा सत्तामा पुग्नका लागि जनताको खुट्टा मोल्ने र जितेपछि फर्केर नहेर्ने बाम गठबन्धन परास्त गर्न जनता ब्युभिंmनुपर्ने बताउनु भएको छन् ।


बाम गठबन्धन भोट माग्न जनतालाई धम्काउने गर्छन तर, कांग्रेस जनताको भावना बुझेर उनीहरुको आत्मामा बस्न चाहान्छ, मन जित्न चाहान्छ राईले भने, सत्ता जित्न सक्ने तर जनताको मन जित्न नसक्ने नौटंकी बुनि रहेका गठबन्धन लाच पचेको पार्टी रहेको बताउदै उनले भने, “क्षेत्र नम्बर १ मा त्यही अनुहार माओवादीलाई भोट माग्छन् क्षेत्र नम्बर २ एमालेलाई भोट माग्छन् । जनताले कसरी बुझ्ने त्यो नाटक बरु रुख चिन्हबाहेक सबै पोष्टर एकै ठाउँ पार्नुहोस विपक्षी दललाई राईले कडा सुझाव दिए ।”  

देशमा लोकतन्त्र प्राप्तीका लागि कांग्रेस पार्टीलाई जिताउन आग्रह गर्दै उम्मेद्वार राईले मतदान हुनु अघि नै कांग्रेसले जित हासिल गरिसकेको र त्यसका लागि जनताले औपचारिकता मात्रै पुरा गर्न वाँकी रहेको बताएका छन् । हजारौ जनतामाझ भ्रम छलेर बाँचेका बाम गठबन्धन मंसिर २१ गतेपछि नाङ्गेझार हुने ठोकुवा गरेका छन् । राईले  कांग्रेसले जितेमा जिल्लाका सबै वडाहरुमा विजुली, सडक विस्तार तथा खानेपानी, शिक्षा, स्वास्थ्य दुरदराजका वस्तीमा पु¥याउँदै माओवादीले बिस्फोट गराएका टेलिफोन टावरहरु पुन सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । 

यस्तै, पुर्व महिला सभासद तथा प्रतिनिधिसभाका उम्मेद्वार सरस्वती वजिमयले महिलाका अधिकारका लागि कांग्रेसले पुलको काम गर्ने बताएकी छन् । एमाले पार्टीले फैलाएको बृद्धाभत्ता सम्बन्धी भ्रामक प्रचारलाई खण्डन गर्दै नेतृ वजिमयले कांग्रेसको सरकार हुंदा नीति बनाईएको र एमालेको सरकारले कार्यान्यवन मात्रै गरेको हो । उनले भनिन् “एमालेले एकलौटी दिएको भन्ने हल्लालाई जनताले बुझ्नु आवाश्यक छ । उनीहरु त जे पनि बोल्छन वजिमयले थपे “कसैको डर धम्कीमा बिचलित नभई त्यसको सामना गर्न जनतालाई आग्रह गर्छु । कसैले शोषण गरेमा त्यस्ता माथी जाईलाग्नुस त्यसको जिम्मा कांग्रेसले लिन्छ ।  

प्रतिनिधि र प्रदेशसभामा जिताउन जिल्लामा कांग्रेस एक ढिक्का भएर चुनावमा खटेका छन् । चुनाव मिति नजिकिदै गर्दा सदरमुकाम छिर्न लागेको कांग्रेसले बुधवार लफ्याङमा चुनावी सभा गर्ने जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते