पर्वत /चुनाब प्रचारप्रसारका क्रममा गाँउँमा रहेका बामपन्थी गठबन्धनका साँझा उमेदवार र नेताहरुले आफुँलाई बिजय गराएमा पर्वत जिल्लाको बिकासले धेरै ठुलो फडेको मार्ने बताएका छन ।

आसन्न प्रतिनिधीसभा र प्रदेशसभाको प्रचारप्रसारका क्रममा पर्वतको मोदी ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत /चुनाब प्रचारप्रसारका क्रममा गाँउँमा रहेका बामपन्थी गठबन्धनका साँझा उमेदवार र नेताहरुले आफुँलाई बिजय गराएमा पर्वत जिल्लाको बिकासले धेरै ठुलो फडेको मार्ने बताएका छन ।

आसन्न प्रतिनिधीसभा र प्रदेशसभाको प्रचारप्रसारका क्रममा पर्वतको मोदी ग"/>

२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

केन्द्र र प्रदेश सरकार बामपन्थीको बन्छ, कांग्रेसलाई साँसद जिताएर के पाउँछौ’

७ मंसिर २०७४, बिहीबार ०४:४६

पर्वत /चुनाब प्रचारप्रसारका क्रममा गाँउँमा रहेका बामपन्थी गठबन्धनका साँझा उमेदवार र नेताहरुले आफुँलाई बिजय गराएमा पर्वत जिल्लाको बिकासले धेरै ठुलो फडेको मार्ने बताएका छन ।

आसन्न प्रतिनिधीसभा र प्रदेशसभाको प्रचारप्रसारका क्रममा पर्वतको मोदी गाउँपालिकाको गिज्यान गाउँमा पुगेका बामपन्थी गठबन्धनका उमेदवार र नेताहरुले आगामी केन्द्र र प्रदेश सरकार बामपन्थीको बन्ने भएकाले जिल्लाको बिकासमा ठुलो बजेट कार्यक्रम मार्फत बिकासले फड्को मार्ने धारणा राखेका हुन ।

‘ कांग्रेसका उमेदवारले चुनाब जिते साँसद मात्रै बन्छन’ उनीहरुले भने ‘केन्द्र र प्रदेश सरकार बामपन्थीको भएपछि कांग्रेसका साँसदले बिकासका नाममा सिन्को पनि भाँच्न सक्दैनन’ । बामपन्थी उमेदवारले चुनाब जितेका सडक, बिद्युत, खानेपानी, सिँचाई, रोजगारीका क्षेत्रमा पर्वतलाई नमुना जिल्ला बनाउने उनीहरुको भनाई छ । पर्वतको क्षेत्र नं १ मा २०५१ साल देखि नेपाली कांग्रेसले चुनाब जित्दै आएपनि पोखरा बागलुङ्ग राजमार्ग बाहेक एक किलोमिटर बाटो समेत पक्की बनाउन नसकेको र मोदीखोलामा एउटा पक्की पुल समेत साँसदको पहलमा बन्न नसकेको आरोप पनि उनीहरुले लगाए ।

गिज्यानको लामो चौतारामा भएको कोण तथा स्वर्गिय प्रकाश दाहालको शोकसभामा बोल्दै प्रदेश सभा क का उमेदवार तथा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य नेत्र अधिकारीले पर्वत जिल्लामा २३ बर्ष सम्म चुनाब जितेर पनि जनताका आँखामा छारो हाल्ने बाहेक नेपाली कांग्रेसका जनप्रतिनिधीले कुनै काम गर्न नसकेको आरोप लगाए । उनले पर्वतको समग्र बिकासका लागि आफुँलाई प्रदेशसभामा बिजयी बनाएर पठाउँन आग्रह गर्दै अधिकारीले प्रदेश सरकारले पर्वतलाई नमुना जिल्लाको रुपमा बिकास गर्ने प्रतिबद्धता जनाए । माओबादी केन्द्रका पोलिटब्युरो सदस्य गुप्तबहादुर हमालले पर्वतको मोदी गाउँपालिका क्षेत्रमा बिकास निर्माणको जिम्मा बामपन्थी उमेदवारको काँधमा छाड्न आग्रह गर्दै त्यस क्षेत्रलाई सम्बृद्ध बनाउन पनि बाम उमेदवार बिजयी हुन जरुरी भएको बताए ।

नेकपा –एमाले)का प्रदेश लेखा आयोगका प्रमुख प्रेमकुमार लामिछानेले बामपन्थी सरकारले मात्रै नेपालमा बिकास र परिर्वतनको काम गर्दै आएको चर्चा गर्दै नेपाली कांग्रेसले चुनाब जितेमा देश फेरी २० बर्ष पछि धकेलिने ठोकुवा गरे । नेकपा(एमाले)का पुर्ब जिल्ला उपसचिब उदय सुबेदीले पर्वतको क्षेत्र नं १ मा अहिले सम्म चुनाब जितेका जनप्रतिनिधीले सरकारी कार्यालय र जनताले गरेको काम समेत आफैले गरेको भनेर हल्ला चलाउने तर एक किलोमिटर पनि सडक कालोपत्रे गर्न नसकेको आरोप लगाए ।

‘खुल्ला दिसा मुक्त समेत आफैले गराएको भनेर प्रचार गर्दै हिडेका छन’ उनले भने ‘२३ बर्षमा पर्वतको दिर्घकालिन बिकास हुने एउटा काम भएको देखाउन सक्नुपर्छ, सरकारी कार्यालय र जनताले चन्दा संकलन गरेर भएका काम पनि सबै मैले नै गरेको हो भनेर भ्रम छर्ने काम भयो’ दुर्गम गाउँमा दुई चार लाखका टुक्रे योजनामा रकम बिनियोजन गरेर जनमतलाई आफ्नो प्रभाबमा पार्दै आएको आरोप उनको छ । एमाले पर्वतका नेता इश्वर गिरीले देश बनाउने पाटी भनेको एमाले भएकाले सबै जनताले एमाले र अहिलेको अहिलेको बामगठबन्धनका उमेदवारलाई जिताउन आग्रह गरे । राप्रपाका जिल्ला अध्यक्ष रहेका गिरी गतसाता एमालेमा प्रबेश गरेका थिए ।

संयुक्त निर्वाचन परिचालन समिति तिलहार ६ का संयोजक बाबुराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तुलसी गिरी र सञ्चालन एकबिर श्रेष्ठले गरेका थिए । संयुक्त गठबन्धनले तिलहारको दराक, ठाना लगायतका ठाउँमा पनि घरदैलो र कोणसभा सम्पन्न गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली