२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

वाम गठबन्धनको प्रतिवद्धता ‘संबृद्ध खोटाङ सुखी खोटाङ’

७ मंसिर २०७४, बिहीबार ०७:४५

मंसिर ७, खोटाङ । खोटाङमा एमाले र माओबादी केन्द्रको गठबन्धन ‘संबृद्ध खोटाङ सुखी खोटाङ’को नारा साकार पार्ने योजना सहितको प्रतिवद्धता–पत्र लिएर मतदाताको घरदैलोमा पुगेका छन् । 

एमाले र माओबादी केन्द्रको गठ बन्धनका उम्मेद्वार जिल्लाको सडक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन खानेपानी लगायतको बिकासलाई प्राथमिकतामा राखेर ‘संबृद्ध खोटाङ सुखी खोटाङ’को सपना पूरा गर्ने प्रतिवद्धता लिएर चुनावी अभियानमा उत्रिएका छन् । वाम गठ बन्धनकातर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बनेका एमालेका बिशाल भट्टराई, प्रदेशसभा (क)का उम्मेद्वार एमालेका राजन राई र प्रदेशसभा (ख)का माओबादी केन्द्रका रामकुमार राईले जिल्लामा संयुक्त प्रतिवद्धता–पत्र बनाएर घरदैलोमा निस्किएका हुन् । बिकास, संबृद्धि, सामाजिक न्याय, स्थायी सरकारमार्फत समाजबादी आधार स्थापना गर्ने वाम गठबन्धनको प्रतिवद्धता–पत्रमा उल्लेख छ । 

वाम गठबन्धनले मध्यपहाडी लोकमार्ग कालोपत्रे, सहायक मार्गको स्तरोन्नती, सवै वडालाई सडक सञ्जालमा जोड्ने, भोजपुरको दिंलादेखि टेम्के–चखेवा हुँदै मैयूँ खोटाङदेखि पश्चिम ओखलढुंगा हुँदै काठमाण्डौं जोड्ने द्रुत मार्ग निर्माण, तापखोला, रावा खोला, दुधकोसीको किनारै किनार हुँदै जयरामसम्मको छोटो सडक विस्तार गर्ने, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई ध्यानमा राखेर सडक निर्माण गर्ने, सुनकोसीको फोक्सिङटार, धाप्लाङ, साप्सु खोला, तावा खोला, तापखोला, रावा खोला लगायतका नदी तथा खोलामा मोटरेबल पुल एबं झोलुंगे पुल निर्माण गर्ने प्रतिवद्धता सार्वजनिक गरेको छ । 

यस्तै, हरेक गाउँपालिकामा प्राबिधिक शिक्षालय स्थापना, बालबालिकाका लागि रहेक वडामा बाल उद्यान निर्माण गर्ने, फरक क्षमता भएका बालबालिकालाई उचित शिक्षाको व्यवस्था, बाल तथा फरकक्षमतामैत्री शौचालय र पुस्तकालयको व्यवस्था, किरात बिश्वबिद्यालय स्थापनाकालागि पहल, ऐच्छिक विषयकारुपमा मातृभाषा पठन–पाठनको व्यवस्था गर्ने प्रतिवद्धता–पत्रमा उल्लेख छ । 

कृषि पेशाको आधुनिकीकरण गर्दै अर्गानिक कृषिमा जोड, कृषिजन्य उत्पादनको बजारीकरण र कृषि पर्यटन प्रवद्र्धन, कृषि क्षेत्रमा लगानीको सुनिश्चितताका लागि कृषि विमाको व्यवस्था मिलाउने, पशु बिकासमा जोड दिन नश्ल सुधार र पशुबिमा कार्यक्रम कार्यान्वयन गर्ने, माटो परिक्षणका आधारमा कृषि पकेट क्षेत्रको आधारमा कृषिलाई व्यवस्थित गर्ने, कुलो नहर निर्माण गर्ने खेतीयोग्य जमिनमा सिँचाई सुविधाको सुनिश्चतता गर्ने वाम गठबन्धनले जनाएको छ । 

यस्तै, त्रि–धार्मिकस्थल हलेसी, तुवाचुङ, रुपाकोट, टेम्के, मैयूँ, चिलिमढुंगा, रुपाकोट, मझुवागढी, भुलभुले, साप्सुधाप, मेरुङ, जन्तेढुंगा, बराहपोखरी, हुम्मापोखरी, भानुमती, मुलडाँडा, रोक्सिङभञ्ज्याङ लगायतका धार्मिक तथा पर्यटकीय स्थलको गुरुयोजना निर्माण गरेर विकास र प्रवद्र्धन गर्ने, रावाबेँसीलाई कृषि पर्यटकीय नगरीकोरुपमा बिकास गर्ने, हरेक वडामा दक्ष जनशक्तीसहितको सुविधा सम्पन्न स्वास्थ्य सेवाको प्रवन्ध, स्वास्थ्य बीमा कार्यान्वयन, साना तथा ठूला विद्युत आयोजनालाई मिनिग्रिडमार्फत केन्द्रीय प्रशारणमा जोड्ने, घर–घरमा पानीको व्यवस्थाका लागि मुहान संरक्षण र अपूरा योजना पूरा गर्ने, वन वाताबरण प्राकृतिक श्रोत र सम्पदाको संरक्षण गर्ने, युवालाई रोजगारको अवशर सिर्जना गर्ने वाम गठबन्धनको प्रतिवद्धता–पत्रमा उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की