२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

‘मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्छ’

८ मंसिर २०७४, शुक्रबार ०५:४९

मङ्सिर ८, इलाम । पूर्वसभामुख तथा इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले ठूलो संघर्षपश्चात् प्राप्त भएको संविधानका प्रावधानलाई ठोस कार्यान्वयनमा ल्याएर मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । 

यही मंसिर २१ हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन अभियानका क्रममा घरदैलोमा रहनुभएका नेकपा९एमाले० नेता नेम्वाङले आज बिहान इलाममा राससँग कुरा गर्दै मुलुकलाई समृद्धि र स्थायित्वतर्फ लैजानुपर्ने बताउनुभएको हो । 

मुलुकलाई समृद्धिको बाटोमा लैजाने राम्रो परिपाटी बसाउन गठबन्धन बनाएको उल्लेख गर्दै उहाँले वामपन्थी, प्रगतिशील र देशभक्तको गठबन्धनले देशमा ठूलो परिवर्तन ल्याउने दाबी पनि गर्नुभयो । 

नेपाली काँग्रेसले लोकतान्त्रिक गठबन्धन तथा फोरम र राजपाको पनि गठबन्धन भएको उल्लेख गर्दै नेता नेम्वाङले तीन गठबन्धनमध्ये जुन गठबन्धनले जनताको बढी मत पाउँछ उसैले पाँच वर्ष सरकार सञ्चालन गर्छ र अरु प्रतिपक्षमा रहन्छन् भन्नुभयो । 

उहाँले भन्नुभयो, “अब देशमा स्थिरता र समृद्धि हुन्छ, यसैका लागि हामी आ–आफ्नो ठाउँबाट लागौँ, तराई, मधेस, पहाड र हिमालसम्म एक भएर सबै जाती, भाषा तथा धर्मका जनता सुमधुर सम्बन्ध कायम गरेर सुन्दर नेपाल निर्माणमा जुटौँ ।” 

नेता नेम्वाङले राज्यपुनःसंरचनाअनुसार साविकको क्षेत्र नं २ मा थपिएका क्षेत्रमा आफ्ना कार्यक्रमलाई केन्द्रित गर्नुभएको छ । भोलिसम्म पुराना गाविस तथा अहिलेका गाउँपालिकाका सबै वडामा पुग्ने उद्देश्य राखेको नेता नेम्वाङ्ले जानकारी दिनुभयो । 

जनता विवेकवान र प्रष्ट भएको आफूले पाएको बताउँदै उहाँले भन्नुभयो, “जनयुद्ध समापन भयो, संविधान पनि बन्यो, अब संविधानको कार्यान्वयन गर्दै समृद्धि चाहियो भन्ने जनताको माग छ ।” 

विगत १० वर्षमा आफ्नो क्षेत्रमा ठूलो प्रगति भएको दाबी गर्दै नेता नेम्वाङले थप योजना विस्तार र स्तरोन्नति गर्ने स्पष्ट योजना लिएर आफू जनताको घरदैलोमा पुगेको बताउनुभयो ।  रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…