2026-07-03 07:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा काँग्रेसको चुनावी सभामा बम विष्फोट, सात जना घाइते

2017-11-28

मङ्सिर १२, दाङ । नेपाली काँग्रेस दाङले तुल्सीपुरमा आयोजना गरेको चुनावी सभालाई लक्ष्य गरी केहीबेर अघि यहाँ बम विष्फोट गराइएको छ ।

काँग्रेसले आयोजना गरेको चुनावी सभास्थलदेखि करिब २०० मिटर टाढा बम विष्फोट भएको हो र यो विष्फोटमा परी सातजना घाइते भएका छन् । घाइते हुनेमा म्यादी प्रहरी विनोद चौधरी, स्थानीयवासी देवाकुमारी विसी, जोनी विसी, नेपबहादुर खत्री, हिमलाल रम्जाली, बोमराज सुनार र नरपनि बुढाथोकी रहेका छन् । 

घाइतेमध्ये म्यादी प्रहरी चौधरी र जोनीको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई एम्बुलेन्समा उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरी नायब उपरीक्षक सुधिरजंग शाहीले जानकारी दिनुभयो । 

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्य बालकृष्ण खाँणलगायत नेता सभास्थल प्रवेश गरेपछि बम विष्फोट भएको थियो । 

प्रधानमन्त्रीलगायत काँग्रेस नेताहरु सभालाई सम्बोधन गरी अहिले दाङकै घोराहीमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न त्यसतर्फ जानुभएको शाहीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो