१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

व्यापारीसँग चन्दा माग्ने सिन्धुपाल्चोकका नेकपाका एक नेता पक्राउ

१४ मंसिर २०७४, बिहीबार ०२:५५

मङ्सिर १४, भक्तपुर । व्यापारीसँग पाँच लाख चन्दा माग्दै गर्दा प्रहरीले भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट नेपाल कम्युनिष्ट पार्टीका(विप्लव) एक नेतालाई पक्राउ गरेको छ । 

नेकपा भक्तपुर जिल्लास्तरीय नेता सिन्धुपाल्चोकका डोकेन्द्रराज भट्टराईलाई व्यापारीसँग चन्दा माग्दै गर्दा पक्राउ गरी अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ । 

प्रहरीले भक्तपुरमा पछिल्लो समयमा बम विस्फोटका घटना बढेपछि नेकपाका नेता कार्यकर्ताको व्यापक खोजी गरिरहेको जानकारी दिएको छ । 

प्रहरीले यही मंसिर ९ गते चाँगुनारायण नगरपालिकाका नेपाली काँग्रेसका क्षेत्र नं १ को (क) का उम्मेदवार जीवन खत्रीको घरलाई लक्षित गरी बम विस्फोट गराउन प्रयोग भएको आशंकामा एक वटा मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । 

प्रेसर कुकर बम विस्फोट गराएर भाग्दै गर्दा केही स्थानीयले रोक्ने प्रयास गर्दा मोटरसाइकल छाडेर भागेको आशंकामा प्रहरीले बेवारिसे अवस्थामा भेटिएको मोटरसाइकल नियन्त्रणमा लिएको हो । मोटसाइकलबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

९ गते एकै समयमा चाँगुनारायण र मध्यपुरथिमिमा क्षेत्र नं २ प्रदेश (ख) का काँग्रेसका उम्मेदवार गणेशमान चक्रधरको घरलाई लक्षित गरी बम विस्फोट गराएपनि अझै कसैलाई पक्राउ गर्न सकेको छैन । 

मंगलबार राति मात्रै सूर्यविनायक नगरपालिका–२ बालकोटमा नेपाली काँग्रेसबाट भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं पूर्वसभामुख दमननाथ ढुंगाना बस्दै आउनु भएको रोज भिलेजबाट करिब १०० मिटर पर बम विस्फोट भएको थियो । 

महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले विस्फोट गराउने व्यक्तिको खोजी भइरहेको बताउनुभयो । 

प्रहरीले चुनाव नजिकिँदै गर्दा पनि सुरक्षा संयन्त्रलाई बलियो बनाएर परिचालन गर्न नसक्दा भक्तपुर जस्तो सानो जिल्लामा पनि सुरक्षा चुनौती बढ्दै गएको दलका नेताहरुले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु