२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुर्खेतका दृष्टिविहीन भन्छन् ‘हाम्रो मतको दुरुपयोग हुन्छ’

२०७४, १७ मंसिर आईतवार ०४:३८

लक्ष्मी भण्डारी | मङ्सिर १७, सुर्खेत | छ महिना अघि स्थानीय निकायको निर्वाचनमा सुर्खेतकी दृष्टिविहीन भीमा आचार्यलाई भोट हालेकोजस्तो अनुभूति नै भएन । सहयोगीको रुपमा भतिजीलाई सँगै लिएर भोट हाल्न जानुभएकी उहाँले भन्नुभयो, “भतिजीले कसलाई भोट हालिन थाहै भएन ।” 

आफ्नो मतको गोपनीयता हुँदैन की भन्ने चिन्ता छ वीरेन्द्रनगरकी मेनका आचार्यलाई पनि । “हामी जस्तालाई विद्युतीय विधिबाट मतदान गर्ने व्यवस्था भइदिएमा हाम्रा मतको गोपनीयता हुने थियो” उहाँले भन्नुभयो, “तर, राज्यले हाम्रा बारेमा कुनै पहल नै गरेको छैन ।” 

वीरेन्द्रनगरकी सम्झना बढुवालको पनि उस्तै चिन्ता छ आफ्ना सहयोगीले आफूले रोजेकोभन्दा फरक ठाउँमा भोट हालिदिन्छन् की भन्ने । “मैले हाम्रा सवालमा कुरा उठाउने उम्मेदवारलाई मत दिन्छु भन्छु तर परिवारको धारणा फरक भएकाले म आफ्नै परिवारबाट पनि आफ्नो गोप्य मतको प्रयोग गर्न सक्दिन ।” उहाँको गुनासो थियो । 

सुर्खेतकी सुमोना खड्काको गुनासो पनि उस्तै छ । “दृष्टिविहीनको मत कसले हाल्छ भन्ने थाहा पाएपछि मत हालीदिने व्यक्तिलाई प्रभावमा पार्ने कोसिस गरिएको हुन्छ” उहाँले भन्नुभयो, “त्यसकारण त्यो मत हाम्रा लागि बदर हुने सम्भावना पनि हुन्छ ।” मत हाल्नका लागि लगिएका व्यक्तिले आफूले चाहेका व्यक्तिलाई मत दिने र हामीहरुले भनेका व्यक्ति नपर्ने पनि हुनसक्ने उहाँले बताउनुभयो । निर्वाचन अधिकृत पनि कुनै पार्टीसँग आस्था राख्ने भएकाले दृष्टिविहीनले भनेकै व्यक्तिलाई मत दिएको भन्ने विश्वास पनि गर्न कठिन हुने खडकाको भनाइ थियो । 

गोप्य मतदान भनिए पनि मतदान गरिएको केही समयमा नै जानकारी बाहिर आउने भएकाले आफूहरूलाई असहज हुने दृष्टिविहीन वसन्त जैसीले बताउनुभयो । उहाँले अघिल्लो स्थानीय निकायको निर्वाचनमा मतदान गर्न आफ्नो भाइलाई दिने भएको थाहा पाएपछि भाइलाई नै प्रभावमा पार्न थालिएको बताउनुभयो । एक जनाले आफूजस्ता धेरैको मत खसाल्ने अवस्थामा केही मत आफ्नो इच्छाअनुसार हाल्न सक्ने उल्लेख गर्दै जैशीले भन्नुभयो, “मतदाता शिक्षा कार्यक्रममा अरुलाई मत हाल्न सिकाइन्छ तर हामीजस्ता दृष्टिविहीनलाई मत हाल्ने तरिकाबारे सिकाइदैन त्यसैले हाम्रो मतको दुरुपयोग हुन्छ ।” 

सहयोगीले गरेको मतदान गोप्य भएन भने कानूनले कडा सजाय दिनुपर्नेमा दृष्टिविहिनहरूको जोड थियो । गोप्यता भंग गरे रु १५ हजार गरिने जरिवाना निकै कम भएको दृष्टिविहीन जैशीले गुनासो थियो । 

निर्वाचन अधिकृत सुनिता थापाले दृष्टिविहीन र वैदेशिक रोजगारीमा गएका नागरिकको मताधिकारका लागि चुनौती भएको बताउनुभयो । - रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल