२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आचार संहिता विपरित कांग्रेस नेताद्वारा गाउँ-गाउँमा पैसा बाड्न शुरु

२०७४, १८ मंसिर सोमबार ११:५७

मङ्सिर १८, पर्वत । आचार संहिता विपरित नेपाली कांग्रेसका नेताहरुले गाउँ गाउँमा पैसा बाड्न शुरु गरेका छन । 

सरकारले आचार संहिता मार्फत उमेदवार र राजनैतिक दलले ब्यक्तिगत वा सामूहिक रुपमा आर्थिक सहयोग गर्न नपाईने नियम बनाएपनि त्यसको उल्लङघन गर्दै कांग्रेसका नेताहरुले पैसा बाड्न शुरु गरेका छन ।

सोमबार मात्रै जिल्लाको मोदी गाउँपालिका ३ देउरालीको घुरुङशेरामा समूहका नाउँमा नेपाली कांग्रेसका नेताहरु निर्माणधिन मन्दिरलाई सहयोग स्वरुप ५० हजार रुपैया नगद सहयोग गरेका छन । 

स्थानीय जीतबहादुर वरुवालले आचार संहिता विपरित वितरण गरिएको ५० हजार रुपैया गाउँलेले कब्जा लिएको र उक्त रकमको विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएको बताए । 

बरुवालले मतदातालाई प्रभावित पार्ने गरी वितरण गरिएको उक्त रकम आचार संहिता विपरित भएकोले आचार संहिता उल्लङघन गर्नेलाई कडा कारबाहीको माग समेत गरे ।

घुरुङशेरा महिला समूहकी अध्यक्ष भगवती खड्काले नेपाली कांग्रेसका नेताहरुले निर्माधिन मन्दिर निर्माणार्थ सहयोग गर्दै ५० हजार महिला  समूहलाई दिएको स्विकार गरिन । नेपाली कांग्रेसले नियम विपरित पैसा बाड्दै भन्दै नेकपा एमालेका उप सचिव गोविन्द पहाडीले मतदातालाई खरिद बिक्री गरेर मत प्रभावित गर्ने कार्य तुरुन्त रोक्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा