२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतपत्र च्यात्नेलाई मतगणनामा राख्दैनौँ: मुख्य निर्वाचन अधिकृत शर्मा

२०७४, १९ मंसिर मंगलवार ०८:२३

मङ्सिर १९, चितवन । स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने भएको छ । 

मतपत्र च्यातेको अभियोगमा माओवादी केन्द्र निकट मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा चलिरहेको छ । उनीहरु जनही रु एक–एक लाख धरौटीमा छुटेका हुन् । 

नेपाल पत्रकार महासंघ चितवन शाखा कार्यालयमा आज आयोजित मुख्य निर्वाचन अधिकृत र पत्रकारबीचको छलफलमा मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले पार्टी विशेषले मतपत्र च्यात्नेलाई प्रतिनिधि पठाउन पनि सक्छ, तर उनीहरुलाई फिर्ता पठाएर अर्काे प्रतिनिधि पठाउन आग्रह गरिने जानकारी दिँदै उहाँले भन्नुभयो, “म न्यायाधीश जसको मुद्दा हेरिरहेको छु, उनीहरुलाई अगाडि राखेर मतगणना प्रक्रिया अगाडि बढाउन चाहन्न ।” 

उनीहरुलाई मतगणनामा बस्न कानूनले निषेध नगरे पनि नैतिक रुपमा मतगणनामा राख्न नहुने मुख्य निर्वाचन अधिकृत शर्माले बताउनुभयो । 

मतगणना महिला मैत्री 

जिल्लाको मतगणना महिला मैत्री बनाइने भएको छ । मुख्य निर्वाचन अधिकृत शर्माले गणनाको प्रारम्भमा कर्मचारी र सुरक्षाकर्मी महिला मात्रै राखिने बताउनुभयो । राजनीतिक दललाई पनि गणनामा महिला पठाउन आग्रह गरिएको र मतगणनाका सबै चरणमा कर्मचारी तथा सुरक्षाकर्मी महिला परिचालनका लागि प्रयास हुने उहाँको भनाइ छ । 

महिला स्वभावतः शालीन हुने भएकाले मतगणना व्यवस्थित गर्नका लागि महिला राख्न लागिएको चर्चा गर्दै मुख्य निर्वाचन अधिकृत शर्माले आधा सङ्ख्यामा रहेका महिलाले जिम्मेवारी पाएमा पूरा गर्न सक्छन् भन्ने कुरा प्रमाणित गर्न पनि महिलालाई परिचालन गर्न लागिएको हो । जिल्लाका तीन वटै निर्वाचन क्षेत्रको मतगणना एकै पटक गरिने भएको छ । 

भरतपुरको चितवन माध्यमिक विद्यालयको तीनतले भवनमा एउटा तलामा एउटा क्षेत्रको प्रतिनिधिसभा र प्रदेशसभा गरी तीनवटा कोठामा गणना गरिने व्यवस्था गरिएको छ । तीन क्षेत्रको तीनवटा तलामा गणना गरिनेछ । 

गणनास्थलमा सिसी क्यामरा जडान गर्नेबारे छलफल भइरहेको, एउटा सिफ्टमा कर्मचारी र दलका प्रतिनिधि पनि नफेरी मतगणना गरिने, र गणनास्थलमा मोबाइल, ल्यापटप लगायतका कुनै पनि उपकरण लैजान नपाउने व्यवस्था गरिँदैछ । मुख्य निर्वाचन अधिकृत शर्माले मंसिर २२ गते बिहानबाट मतगणना थालेर चार दिनमा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न गर्ने लक्ष्य लिइएको बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु