मङ्सिर १९, काठमाडौँ | फेसन डिजाइनको दुनियामा एक सफल व्यवसायिको नाम हो कल्पना लिम्बु । उनै कल्पना अहिले काठमाडौं क्षेत्र नै ३ मा प्रतिनिधिसभाको महिला सदस्य समानुपातिक तर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १९, काठमाडौँ | फेसन डिजाइनको दुनियामा एक सफल व्यवसायिको नाम हो कल्पना लिम्बु । उनै कल्पना अहिले काठमाडौं क्षेत्र नै ३ मा प्रतिनिधिसभाको महिला सदस्य समानुपातिक तर"/>
2026-07-03 10:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ढाका विस्तारजस्तै सम्बृद्ध देश बनाउने लिम्बुको सपना

मङ्सिर १९, काठमाडौँ | फेसन डिजाइनको दुनियामा एक सफल व्यवसायिको नाम हो कल्पना लिम्बु । उनै कल्पना अहिले काठमाडौं क्षेत्र नै ३ मा प्रतिनिधिसभाको महिला सदस्य समानुपातिक तर्फ नेकपा एमालेबाट उम्मेदवार बनेकी छिन् ।

विसं २०६४ मा त्यही १५ हजार खर्चेर एउटा तान जम्मा गरी त्यसबाट ढाका बुन्न सुरु गरेकी लिम्बूले स्थापना गरेको ‘द हाइल्यान्ड आर्ट’ ले अहिले विश्व बजारमा नेपाली सीपबाट बनेका ढाका तथा ढाकाजन्य कपडाको पहिचानलाई विस्तार गर्दै आइरहेकी थिइन् ।

उनले ढाका तथा कपडा घरलु उद्योगमा निकै प्रगति हासिल गरेकी छिन् । नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा वि सं २०१९ मा जन्मिएकी लिम्बुले आदीबासी जनजाति भेषभुषा सम्बन्धी लत्ता कपडा विशेष ढाकासम्बन्धी विषयज्ञाता उनले ढाकाको उत्पादन सम्बद्र्धन र प्रवर्धन गरिरहेकी लिम्बु अहिले चुनावी मैदानमा छिन् । उनी नेकपा एमाले केन्द्रिय उद्योग तथा वाणिज्य विभाग सदस्य रहँदै आइरहेकी थिइन् ।


स्वदेश तथा विदेशका विभिन्न स्थानमा राम्रो उत्पादन तथा फेसन डिजाइनका लागि विभिन्न तालिम लिएकी छिन् । उनले ढाका बुन्ने तालिम घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रबाट तीन महिनाको तालिम, सुन्दरीजल बृद्धाश्रममा छ महिना तालिम, अमेरिकन प्रशिक्षकबाट १ वर्ष ढाका बुनाईका साथै कलर म्याचिङको तालिम लिएकी लिम्बु अहिले नेकपा एमालेको महिला प्रतिनिधि उम्मेदवार बनेकी हुन् ।

व्यवसाय विस्तारका क्रममा दक्षिण कोरियाबाट पहिलो विदेश यात्रा सुरु गरेकी उनले अहिले युरोपका विभिन्न २७ तथा अन्य विभिन्न मुलुकको भ्रमण गरेकी छिन् । उनले मिस नेपाल देखि राष्ट्रपतिले प्रयोगमा लयाउने ढाकाको कपडामा आफ्नो डिजाइन दिइसकेकी छिन् । उनले २०१४ कि मिस नेपाल सुविन लिम्बुलाई राष्ट्रिय पोसाक ढाकाको डिजाइन दिएकी थिइन् । यस बाहेक उनले मिस लिम्बुमा पनि ढाकाको कपडाको डिजाइन दिइसकेकी छिन् ।


लिम्बुले ढाकाको निर्माण डिजाइनमात्र नभई विभिन्न ढाकाको कपडा झल्किने र यसको डिजाइन सम्बन्धि चलचित्र, डकुमेन्ट्री तथा सर्ट मुभिहरुको समेत निर्माण गरेकी छिन् । ढाकाको डिजाइन र यसको सम्बद्र्धन प्रवद्र्धन सहयोग पुर्याउने लिम्बुलाई विभिन्न पुरस्कार तथा उनको कामको प्रशंशा गर्दै प्रशंशापत्र पनि प्राप्त भएको छ ।


उनी अहिले एमालेको तर्फबाट निर्वाचन जित्नेमा विश्वस्त छिन् । उनले ढाका प्रवद्र्धनमा सहयोग पुर्र्याजस्तै देशलाई सम्बृद्ध बनाउन पहल गर्ने बताएकी छिन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो