2026-07-03 10:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालिकोटमा प्रतिनिधि सभामा बाम गठबन्धनको अग्रता

2017-12-07

दलसिंह गिरी/मङ्सिर २०, कालीकोट । मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन भएका हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका मतगणना सुरु भएको छ । 

पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान भएका थिए ।  ७ वटै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० निर्वाचन क्षेत्र छन् । संविधानसभा जस्तै प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ । समानुपातिकतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० सिट छन् ।

कालीकोटमा मंसिर १० गते भएको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मत गणना शुरु भएको छ । यो समाचार तयारपार्दा सम्म भएको मतगणना अनुसार प्रतिनिधि सभाका लागि बाम गठबन्धनका उम्मेदार दुर्ग बहादुर रावत अगाडी रहेका छन् । 

दुर्ग बहादुर रावतले २ सय ६९ मत ल्याएका छन् भने उनका प्रत्यासी लोकतान्त्रीक गठबन्धनका भूपेन्द्रजंग शाहीले २ सय १८ मत ल्याएका छन् । यस्तै प्रदेश सभाका लागि क्षेत्र नं. क तर्फ बाम गठबन्धनका कुर्मराज शाही भारीमतले अगाडी रहेका छन् । 

उनका प्रत्यासी लोकतान्त्रीक गठबन्धनका टेक बहादुर शाहीले ८७ मत मात्र पाएका छन् । यस्तै प्रदेश सभा क्षेत्र नं. ख तर्फ भने लोकतान्त्रिकका कालिबहादुर सहकारी ४ सय १३ मत ल्याएर अग्र स्थानमा रहेका छन् । उनका प्रत्यासी बाम गठबन्धनका महेन्द्र बहादुर शाहीले ४ सय ५१ मत मात्र ल्याएका छन् ।

दोस्रो चरणको मतदान सम्पन्न भए लगतै बेलुका ५ बजेबाट मत गणना सुरु भएको थियो । मतगणनालाई सहज र चुस्त ढंगबाट सम्पन्न गराउन दल र उम्मेद्वार सहितको वैठकले मतपत्र वदरका संम्वन्धमा मान्ने हुने र मान्ने नहुने विषयमा हिजो नै निर्णय गरिसकेको जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको ठाउँ जिल्ला अदालतभित्रै मतगणना शुरु भएको छ । 

मतगणनास्थलमा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ भने तीन समूह बनाएर प्रतिनिधी सभा र प्रदेश सभा का २ निर्वाचन क्षेत्रको मत गठना शुरु गरिएको छ ।

मतगणनाको लागि एउटा समुहमा ६ जना गणक कर्मचारीहरु खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मत गणना शुरु भएपछि ३ दिनदेखि ४ दिनभित्रै अन्तिम नतिजा आइसक्ने अनुमान गरिएको छ । 

प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकको गणना गरिनेछ । ६४ हजार ९ सय ६१ मत दाता रहेको कालिकोटमा मतदान भने ४२ हजार ७ सय ४१ अर्थात ६५ प्रतिशत मात्र खसेको थियो । 

मत गणना शुरु भए संगै राजनीतक दलका नेता, उम्मेद्वार र तीनका समर्थकहरुबीच चुनावी अनुमान हरु पनि बढ्न थालेका छन् । बाम गठबन्धन र लोकतानित्रक गठबन्धनबीच कालीकोटमा तीब्र प्रतिष्पर्धा भएको ठानिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो