२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गोबरगाढाबाट हेलिकप्टरमा मतपेटिका ल्याइयो

२०७४, २२ मंसिर शुक्रबार ०५:००

मङ्सिर २२, राजविराज  । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढामा निर्वाचन सम्पन्न भएपछि मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको छ । 

सुरक्षाको दृष्टिले समेत अति संवेदनशील रहेको उक्त मतदान केन्द्रबाट राजविराजस्थित भीमदल गणको नेपाली सेनाको हेलिकप्टरले सुरक्षित साथ मतपेटिका ल्याएको नेपाली सेनाले जनाएको छ । 

कोशी टप्पुमा अवस्थित रहेको, वरीपरी नदीले घेरिएको र भौगोलिक विकटताका कारण त्यहाँबाट मतपेटिका ल्याउन समस्या भइरहेका कारण नेपाली सेनाको हेलिकप्टरबाट ल्याइएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले राससलाई बताउनुभयो । त्यहाँ कूल ५७६ मतदाता छन् । 

यसैबीच, सप्तरी जिल्लाको सबै ठाउँको मतपेटिका आज बिहानसम्म सप्तरी सदरमुकाम राजविराज ल्याइसकेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले राससलाई जानकारी दिनुभयो । 

मतपेटिका भने राजविराजस्थित गजेन्द्रनारायण सिँह औद्योगिक क्षेत्रमा राखिएको र हालसम्म मतगणना शुरु नभएको जिल्ला मुख्य निर्वाचन कार्यालयबाट जानकारी प्राप्त भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो