२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिलेसम्मको मतपरिणाम: कांग्रेसको बिजोग, बाम समर्थकमा खुसियाली !

२०७४, २२ मंसिर शुक्रबार ०५:३७

मंसिर २२, काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभामा अधिकांश क्षेत्रमा बाम गठबन्धनको बिजयी र अग्रताका अपडेट हेर्दा पहिलो चरणको निर्वाचनमा कांग्रेसको बिजोग अवस्था देखिएको छ । 

पहिलो चरणमा सम्पन्न भएका ३७ निर्वाचन क्षेत्रको मत परिणामले कांग्रेस समर्थकहरुलाई निराश पारेको छ भने बाम समर्थकहरुले सामाजिक संजालमा रुख ढलेको भन्दै पोष्टहरु भाइरल बनाईरहेका छन् । पहिलो चरणको निर्वाचनको ३७ मध्ये ३ स्थानमा बिजेता भएर बाम गठबन्धनले फराकिलो अग्रता बनाई २९ स्थानमा अग्रता लिईरहेको छ भने ५ स्थानमा कांग्रेसको अग्रता छ । 


हालसम्म बाम गठबन्धनको ३ सिट मध्ये एमालेले मनाङ र मुस्ताङका १/१ सिटमा बिजय हासिल गरिसकेको छ भने माओवादीले पूर्वी रुकुममा क्लिनस्विपनै गरेको छ । कांग्रेसले मतगणना जारी रहेको ललितपुर-३, रसुवा, हुम्ला, मुगु र बाजुरामा अग्रता लिएको छ भने गोरखा २ मा नयाँ शक्तिको अग्रता छ । 

हालसम्मको मत परिणाम अनुसार प्रत्यक्ष सिटतर्फ कांग्रेस माओवादी भन्दा दोब्बरले पछाडी हुने संकेत देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा