१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन शुरु हुनसकेन चितवनमा मतगणना ?

२२ मंसिर २०७४, शुक्रबार ०८:३७

मङ्सिर २२, चितवन । आज बिहान ९ बजेदेखि गर्ने भनिएको चितवनको मतगणना दिउँसो १ बजेसम्म पनि शुरु हुन सकेको छैन । 

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार आन्तरिक व्यवस्थापनका कारण मतगणना शुरु हुन ढिलाइ भएको हो । जिल्ला निर्वाचन अधिकारी हरि ढकालले अब केही बेरमा गणना शुरु हुने जानकारी दिनुभयो । 

यसअघि बिहीबार राति मुख्य निर्वाचन अधिकृतसँग बसेको सर्वदलीय बैठकले आज बिहान ९ बजेदेखि गणना गर्ने निर्णय गरेको थियो । तर आज बिहान पुनः सर्वदलीय बैठक बसी मतगणना तत्कालै शुरु गर्ने निष्कर्ष निकाले पनि अझै शुरु हुन सकेको छैन । 

बिहानको दलको निर्णयपछि दलका प्रतिनिधिको परिचयपत्र बनाउने लगायत आवश्यक आन्तरिक तयारी थालिएको थियो । आवश्यक तयारीका काम पूरा नहुँदा अहिले १ बजेसम्म मतगणना शुरु हुन नसकेको हो । 

चितवनका सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले एक उम्मेदवारको एकजना प्रतिनिधि राख्ने र प्रत्येक क्षेत्रको तीन ठाउँमा गणना हुने जानकारी दिनुभयो । 

चितवनमा तीनवटा निर्वाचन क्षेत्र रहेको छ । चितवनको भरतपुर माविमा हुने मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । गणनास्थलमा तारजाली लगाइएको छ भने सिसी क्यामेरा समेत जडान गरिएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु