२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ्ग जिल्लाको विकासका योजनाकार: अर्जुनबहादुर थापा (परिचय)

२०७४, २२ मंसिर शुक्रबार ०९:२७

मङ्सिर २२, बझाङ | प्रदेश (क) बझाङबाट अर्जुनबहादुर थापा प्रदेश सभा सदस्य विजयी  भएका छन् ।

२०१० साल चैत्रमा बझाङको लामातोलामा जन्मिएका अर्जुन थापाको छवी जिल्लामा विकास योजनाकारको रुपमा परिचित छ । अर्थशास्त्र र भुगोलबाट स्नातक गरेका थापा २०२८ साल देखी नै बामपन्थी राजनितिमा झुकाव राख्न थालेका थिए । 


२०३६ सालमा भएको जनमत संग्रहमा बहुदलबादी खेमामा रहेर प्रचारकको काम गरेका थापा शिक्षक पृष्ठभुमिबाट राजनितीमा आएका हुन । २०३७ सालमा नेपाल शिक्षक संगठन बझाङको संस्थापक सहसचिव हुदै २०४६ सालको प्रजातन्त्र पश्चात फुटेको एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन बझाङको संस्थापक अध्यक्ष समेत भएका थिए । 

२०५२ साल देखी २०५६ साल सम्म नेपाल राष्ट्रिय शिक्षक संगठन कै केन्द्रिय सदस्य पदममा काम गरेका थापा २०५६को आम निर्वाचनमा शिक्षक पदबाट राजिनामा गरेर एमालेको तर्फबाट प्रतिनिधी सभा सदस्यको उम्मेदवार बनेका थिए । उनि नेपाली काङग्रेस संग पराजित भए । 

बझाङमा एमाले स्थापना गर्ने मध्येका एक थापाले एमाले बझाङको पार्टी सचिव र अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन । एमाले सेती अंञ्चल समन्वय समितिको सदस्य हुदै हाल प्रदेश नं ७ प्रदेश कमिटीका सदस्य रहेका थापा द्धन्द्धकालमा माओवादीको अपहरणमा परी १० दिन पछि मुक्त भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा