२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुम्लामा प्रतिनिधीमा छक्क बहादुर, प्रदेशमा रावल विजयी

२०७४, २२ मंसिर शुक्रबार १२:२८

रेशम राज रोकाया/मङ्सिर २२, हुम्ला । प्रतिनिधी सभाको लागि हुम्लाबाट स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामा विजयी हुनु भएको छ । 

उहाँले ८ हजार ४ सय ९१ मत ल्याई विजयी हुनु भएको हो । माओवादी केन्द्रले पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गरेपछि हुम्लामा बाघी उम्मेद्वारको रुपमा उम्मेद्वारी दिएका छक्क बहादुर लामाले सबैलाई छक्क बनाई जित हासिल गर्नु भएको हो । 


उहाँको प्रतिद्वन्द्धी नेपाली काँग्रेसका मंगल बहादुर शाहीले ८ हजार ४ सय ४४ मत ल्याउनु भएको थियो । दुई जनाको मतान्तरलाई हेर्ने हो भने ४७ भोटले छक्क बहादुर  लामा विजयी हुनु भएको हो । स्वतन्त्र उम्मेद्वारको बढी भोट बदर भएको भएता पनि जित हासिल गर्नु छक्क बहादुर लामाले अहिले हुम्लामा छक्क नै पारेका छन् । उता पार्टीको आधिकारिक उम्मेद्वार छिमी दोर्जे लामाले पनि पार्टीको भोट काटेको भएता पनि विजयी हुनु कम्तीको चुनौती रहेका थिएन ।

उता प्रदेश क तर्फको बाम गठबन्धनका उम्मेद्वार एमालेका दल रावलेले फराकिलो भोटको साथमा विजयी हुनु भएको छ । उहाँको प्रतिद्धवन्दी ठान बहादुर रोकायालाई सहज रुपमा विजयी मत दल रालवले प्राप्त गर्नु भएको छ । दल रावल हुम्लाको नेकपा एमालेका पार्टी अध्यक्ष समेत रहनु भएको छ । 

अघि २ बजे देखी निस्केको विजयी जुशलु अहिले पनि सिमिकोटको विभिन्न ठाउँमा परिक्रमा गरिरहेको छ । सभालाई सम्बोधन गर्ने क्रममा स्वतन्त्र उम्मेद्वार छक्क बहादु लामाले आफु हिजो पनि माओवादी केन्द्रमा संलग्न भएको भएता पनि हाल पनि मोओवादी नै रहेको बताउनु भयो । 


पार्टीले आफुलाई अन्याय गरेको भएता पनि आफुलाई जनताले न्याय दिलाएको बताउनु भयो । हुम्लामा बाम एक भएर हुम्लाको विकाश निर्माणको क्रममा सँगै हातेमालो गरी लागि परिरहने र आगमी दिनमा जनता माझ रही जनतकै सेवा गर्ने बताउनु भयो । 

त्यसै गरी बाम गठबन्धनबाट प्रदेश क मा जित हासिल गर्नु भएका दल रावलले आफुहरु कुनै पनि हालतमा हुम्लाको विकासको लागि सम्झौता नगरी सेवामा लागी पर्ने बताउनु भयो ।

 हुम्ला प्रदेशको अपडेट ख 

 जिवन शाही रुख  २८९७

विजय भणडारी हासियाहटौडा  २७५१

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा