१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुर्खेत र बर्दिया हुँदै सल्यानका मतपेटिका ल्याउनुपर्ने बाध्यता

२२ मंसिर २०७४, शुक्रबार १२:५५

शंकर केसी/मङ्सिर २२, सल्यान । टाढा र विकट क्षेत्रबाट मतपेटिकाहरु संकलन भइनसकेकाले सल्यानमा मतगणना कार्य सुरु हुन सकेको छैन । 

बर्दिया र सुर्खेत जिल्ला हुँदै मत पेटिका ल्याउनुपरेका कारण ढिला भएको हो । कच्ची र जोखिमपूर्ण बाटो तथा विकट क्षेत्रहरु भएकाले मतपेटिका संकलनमा ढिलाइ भएको बताइएको छ ।

जिल्लाको दुर्गम मानिने कालिमाटी गाउपालिका अन्तरगत काप्रेचारका विभिन्न ४ स्थानका मतपेटिका सदरमुकाम ल्याउन ढिला भएको छ । बाँके बर्दिया र सुर्खेतसंग सिमाना जोडिएका ठाउका मतपत्र सल्लीबजार हुदै ल्याइदैछ ।    

ती क्षेत्रका चारवटा मतपेटिका आएलगत्तै मतगणना शुरु हुने जिल्ला निर्वाचन कार्यालयले बताएको छ । १ सय ७६ मतदान केन्द्रक मतपेटिका संकलन भइसकेका छन् । मतगणनाका लागी जिल्ला इन्जीनियरको भवनलाइ प्रयोग गरिने जिल्ला निर्वाचन अधिकारि महेश शर्माले बताए । भवनभित्र तारजालि लगाइएको छ ।


अहिले सर्वदलिय बैठक चलिरहेको छ । र सर्वदलिय बैठकमा केहि आचारसंहिताहरु निर्माण गरिने छ । त्यस लगत्तै आजै साँझबाट मतगण्ना शुरु हुने शर्माले बताए । मतगणना स्थल वाहिर राजनीतीक दलका प्रतिनिधी, पत्रकार लगाएतको उपस्थीती छ भने सुरक्षा प्रवन्ध पनि चुस्त पारिएको छ ।

सदमुकाममा संकलन भएका मतपेटिकाहरु कडा सुरक्षाका विच जिल्ला प्राविधिक कार्यालय सल्यानमा राखिएको छ । मत गणना स्थलमा सिसी क्यामरा पनि जडान गरिएको छ ।

सल्यानमा हिजो भएको चुनावमा ६० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार कपुरकोट गाउपालिकामा ६४.२३ प्रतिशत, दार्मा गाउपालिकामा ६२.८८ प्रतिशत र कुमाख मालिका गाउपालिकामा ५८.७० प्रतिशत मत खसेको छ । 

यस्तै कालीमाटी गाउपालिकामा ५६ प्रतिशत, छत्रेश्वरी गाउपालिकमा ५७ प्रतिशत र त्रिवेणी गाउपालिकामा ६०.८७ प्रतिशत र ढोरचौर गाउपालिकामा ६२.६४ प्रतिशत मत खसेको छ ।

यस्तै वागचौर नगरपालिकामा ५८.७० प्रतिशत, शारदा नगरपालिकामा ६१ प्रतिशत र वनगाड कुुपिण्डे नगरपालिकामा ५६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत मदन वहादुर धामीले जानकारी दिनुभयो ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु