१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा सबै सुरक्षा प्रमूखहरुको प्रत्यक्ष निगारानिमा मतगणना हुँदै (मत परिणामसहित)

२२ मंसिर २०७४, शुक्रबार १३:१४

टेक शाही/मङ्सिर २२, डोल्पा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना डोल्पा जिल्लामा तिव्र रुपमा भइ रहेको छ । 

प्रतिनिधिसभा र प्रदेशसभाकव् मत गणना एकै पटक गरिएको छ । जिल्लाका सुरक्षाका प्रमूखहरुको प्रत्यक्ष निगारानिमा मतगणना तिव्र पारिएको छ । 


मूख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवाली,जिल्ला सुरक्षा समितिक सँयोजक प्रमूख जिल्ला अधिकारि केशबराज आचार्य,नेपाली सेनाका गुल्मपति लोचन कार्कि,शसत्र पहरिका डिएसपि,नेपाल प्रहरिका डिएसपी र राष्ट्रिय अनुसन्धानका अधिकृत सुमन कुमार भण्डारि निरन्तर मतगणनाम लागि परेका छन । 

तारजाली र सिसिटिभी क्यामेराको बिचमा तिन सुरक्षा घेरामा मतगणना भइ रहेको छ । उच्च सुरक्षा र दक्ष गणककाहरुको सक्रियतामा मत गणना तिव्र रुपमा भएको मुख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले जानकारि दिए । उनका अनुसार जति सक्दो छिटो मतपरिणाम सकाउने गरि तिव्र गणना भएको बताए । 

प्रदेशसभा “क” मा अत्याधिक मत सहित एमालेका उम्द्धार नन्दसिँह बुढा बिजयी 

डोल्पा जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्र न “क” मा एमालेले बिजयी खाता खोलेको छ । बाम गठबन्धनका तर्फबाट एमालेका नन्दसिँह बुढा कुल मतको ५४९० मत प्राप्त गरि बिजयी भएका छन । उनले नेपाली काँग्रेसका उम्मेद्धार बेगमसिँह ठकुरीलाइ ४२७७ मतले पछि पार्दे बिजयी भएका हुन । 


जम्मा ६७८६ मत खसेको थियो । बिहिबार राति ९ तिस बजे पछि सूरु गरिएको मतगणना शुक्रबार बिहान ११ बजे मात्र प्रदेशसभा १ को घोषणा गरिएको थियो । मूख्य निर्वाचन अधिकृतको कार्यालयले बुढालाइ बिजयी भएको घोषणा गरि सकेपछि बुढाको घरमा शुभकामना दिनेको घुइचो लागेको छ । 

प्रतिनिधिसभा र प्रदेशसभामा बामको अग्रता कायमै

प्रतिनिधिसभा र प्रदेशसभा २ मा बाम गठबन्धनको अग्रता कायमै रहेको छ । प्रतिनिधिसभामा एमालेका धन बहादुर बुढाको ५ बजेपछिकोे मतपरिणाम ९८०४ रहेको छ । भने नेपाली काँग्रेसका अँगद कुमार बुढाको २७७९ मत रहेको छ । त्यसै गरि मालेका हर्क बहादुर ठक्ुललाको २२९ मत र राष्ट्रिय जनमुक्ती पार्टिका अर्जुन बहादुर शाहीको २१ मत रहेको छ ।


त्यसै गरि प्रदेशसभा २ मा माओबादि केन्द्रका बिर बहादुर शाहीको २९७२ मत रहेको छ भने नेपाली काँग्रेसका शुरेस बहादुर शाहीको १०६० मत रहेको छ । त्यसै गरि नयाँ शक्ति पार्टिका पुष्पराज बुढाको ६५ मत र स्वतन्त्र उम्मेद्धार जय बहादुर डसालको ६० मत रहेको छ । प्रत्यक्ष तर्फको मत परिणाम आउन पनि राति १ देखि २ बज्न सक्ने अनुमान दलका प्रतिनिधिले गरेका छन । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु