१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनमा प्रचण्डले लिए अग्रता, कसको कति मत ?

२२ मंसिर २०७४, शुक्रबार १४:४५

मंसिर २२, चितवन । चितवन क्षेत्रनम्बर तीनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनः अग्रता लिएका छन् । 

यसअघि उनी राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेभन्दा पछि थिए । ताजा मत परिणामअनुसार प्रचण्ड पाण्डेभन्दा २३ मतले अघि छन् ।

प्रचण्डले १ हजार ३ मत ल्याएका छन् भने लोकतान्त्रिक गठवन्धनबाट उठेका राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले ९८० मत ल्याएका छन् । प्रचण्डलाई एमालेको र पाण्डेलाई कांग्रेसको समर्थन छ ।

भरतपुरस्थित चितवन उच्च माविमा दिउँसो २ बजेदेखि मतगणना सुरु भएको हो । तिन वटै निर्वाचन क्षेत्रको फरक–फरक स्थानमा मतगणना भईरहेको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालयले विहान ९ बजेदेखि नै मतगणना सुरु गर्ने भनेपनि विविध कारण देखाउँदै दिउँसोबाट मात्रै गणना सुरु भएको हो । 

चितवनका मूख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले पहिलो चरणमा प्रतिनिधि र प्रदेश सभा र दोस्रो चरणमा समानुपातिक तर्फको मतगणना गरिने जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु