मंसिर २२, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत निकै चासोको साथ हेरिएको डडेलधुरामा मतगणना सुरु भएको छ । यस क्षेत्रलाई चासोको साथ हेरिनु प्रधानमन्त्री देउवाको गृह जिल्ला तथा देउवा आफैपनि उम्मेदवार हुनु हो ।
यहाँको प्रारम्भिक मत परिणाम अनुसार कांग्रेस उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता लिएका छन् ।
अहिलेसम्म देउवाले ३८ मतले अग्रता लिंदै आफ्नो पोल्टामा ४०६ मत पाएका छन् भने वाम गठबन्धनका उम्मेदवार खगराज भट्टले ३६८ मतका साथ देउवालाई पछ्याइरहेका छन् ।
प्रदेशतर्फ भने मिश्रित छ । ‘क’मा एमालेका पठान सिंह बोहोरोल १०९१ मत पाउँदा कांग्रेसका रघुवर भट्टले ५०० मत पाएका छन् । तर, खमा कांग्रेसका कर्णबहादुर मल्ल अगाडि छन् । उनले १०१५ मत पाउँदा एमालेका ४५९ मत पाएका छन् ।