११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गन्न बाँकी ८ हजार मतभित्र रविन्द्र मिश्रको भविष्य !

२२ मंसिर २०७४, शुक्रबार १८:४७

मंसिर २२, काठमाडौं । उदाउँदै गरेको बिबेकशील साझा पार्टीका चर्चित उम्मेदवार रविन्द्र मिश्रको भविष्य अब गन्न बाँकी करिव ८ हजार मतले निर्धरण गर्ने भएको छ । 

ताजा मत परिणाम अनुसार मिश्र अहिले दोश्रो स्थानमा रही कांग्रेस नेता प्रकाशमान सिंहलाई पछ्याईरहेका छन् । नेता प्रकाशमान सिंहले ८३१२ मत प्राप्त गर्दा रविन्द्र मिश्रको पोल्टामा ७४२४ मत रहेको छ । जुन ८८८ को मतान्तर हो । त्यस्तै तेस्रो स्थानमा रहेका वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले ३६४९ मत पाएका छन् ।

काठमाडौँ १ मा अब करिब ८ हजार मत गन्न बाँकी छ । मत गणनाको स्थितिलाई हेर्ने हो भने अब ८ हजार मत गन्न केहि घण्टा मात्र लाग्छ । 

काठमाडौं ३१ को मतगणनामा आफुलाई केहि राहत हुनसक्ने आशामा बसेको विविकशील साझाले आशा भने मारिसकेको छैन । गन्न बाँकी रहेको ८ हजार मतमा प्रकाशमान बलियो छन् वा मिश्र त्यो भने अब केहि घण्टामै थाहा हुनेछ । तर अग्रतामा रहेका प्रकाशमानलाई ८८८ मतको मतान्तर घटाउन मिश्रको लागि कम चुनौती छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु