मंसिर २२, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत निकै चासोको साथ हेरिएको डडेलधुरामा मतगणना जारी छ । यस क्षेत्रलाई चासोको साथ हेरिनु प्रधानमन्त्री देउवाको गृह जिल्ला तथा देउवा आफैपनि उम्मेदवार हुनु हो ।
यहाँको प्रारम्भिक मत परिणाम अनुसार कांग्रेस उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दोब्बर मतले अग्रता लिइरहेका छन् ।
अहिलेसम्म देउवाले २२३५ मतले अग्रता लिंदैगर्दा वाम गठबन्धनका उम्मेदवार खगराज भट्टले ११११ मतका साथ देउवालाई पछ्याइरहेका छन् ।
प्रदेशतर्फ भने ‘क’मा एमालेका पठान सिंह बोहोराले २०२८ मत पाउँदा कांग्रेसका रघुवर भट्टले ९९४ मत पाएका छन् । तर, 'ख'मा कांग्रेसका कर्णबहादुर मल्लको अग्रता छ । उनले १९६४ मत पाउँदा एमालेका डा. तारा जोशीले १००२ मत पाएका छन् ।