२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङ १ बाट भूमि त्रिपाठी अहिलेसम्मकै फराकिलो मतान्तरले विजयी

२०७४, २२ मंसिर शुक्रबार २३:००

मंसिर २३, धादिङ | प्रतिनिधि सभा अन्तर्गत धादिङ क्षेत्र नम्बर १ बाट एमाले उम्मेदवार भूमि त्रिपाठी २७ हजार भन्दा बढी मतान्तरसहित विजयी भएका छन् । त्रिपाठीले ४९ हजार १ सय २१ मत प्राप्त गरे । 

उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार विश्वप्रसाद अर्यालले २१ हजार ९ सय ६८ मत प्राप्त गरेका छन् ।

धादिङ्गको चारै प्रदेशमा बाम गठबन्धन बिजयी 

क्षेत्र नम्बर १ को 'क' प्रदेश सभा अन्तर्गत एमालेका राजेन्द्रप्रसाद पाण्डेले २७ हजार ३३२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका मधुकुमार श्रेष्ठलले १३ हजार ६४७ मत ल्याए ।

क्षेत्र नम्बर १ को 'ख' प्रदेश सभामा पनि वाम गठबन्धनबाटै माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल फराकिलो मतान्तरले विजयी भएका छन् । जम्मरकट्टेलले २३ हजार ३८२ मत ल्याई विजयी भएका हुन् । मरकट्टेलका निकटतम प्रतिद्धन्द्वी कांग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४०७ मत ल्याएका छन् । जमरकट्टेल र सुवेदीबीच १२ हजार ९७५ मतान्तर रहेको छ ।

क्षेत्र नम्बर २ को 'क' प्रदेश सभा अन्तर्गत माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडा विजयी भएका हुन् । सिंखडाले १७ हजार ६ सय ५ मत पाएका छन् भने कांग्रेसको समर्थन पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डम्बरबहादुर तामाङले १५ हजार ७ सय ७४ मत पाएका छन् । मतान्तर १ हजार ८३१ रहेको छ ।

त्यस्तै धादिङ्गको क्षेत्र नम्बर २ को 'ख' मा पनि बाम गठ बन्धनका रामकुमार अधिकारी २०३६३ मत प्राप्त गरि विजयी बनेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी रमेश धमलाले १९०१५ मत प्राप्त गरि पराजय भोगेका हुन् । यहाँ १३४८ मतान्तर रहेको छ । 

प्रतिनिधिसभा अन्तर्गतको अब क्षेत्र नम्बर २ को मत गणना भने जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो