११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखा २ मा १९ हजार मतगणना गर्न बाँकी, कसले मार्ला बाजी ?

२३ मंसिर २०७४, शनिबार ०३:२६

मङ्सिर २३, गोरखा । प्रतिनिधिसभा, गोरखा–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई तीन हजार ६८ मतान्तरले नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठभन्दा अघि हुनुहुन्छ । 

आज बिहानसम्म ४१ हजार १२२ मतगणना हुँदा डा भट्टराईले २० हजार ८९७ र श्रेष्ठले १७ हजार ८२९ मत प्राप्त गर्नुभएको छ । गोरखा–२ मा ६० हजार मत खसेको थियो । 

अब १९ हजार मतगणना गर्न बाँकी छ । डा भट्टराई लोकतान्त्रिक गठबन्धनबाट आफ्ना पूर्वसहयोद्धा श्रेष्ठसँग प्रतिस्पर्धामा हुनुहुन्छ । श्रेष्ठ वाम गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ । 

गोरखा २ (क¬) मा नयाँ शक्तिका हरिशरण आचार्यले १० हजार ७७३ र माओवादी नेत्री कमला नहर्कीले नौ हजार तीन मत ल्याउनुभएको छ । यहाँ २० हजार ९५९ मतगणना भएको छ । 

यस्तै गोरखा २ (ख) प्रदेशमा काँग्रेसका प्रकाशचन्द्र दवाडीले १० हजार ९१९ र माओवादी केन्द्रका अमर तमुले नौ हजार ६०७ मत ल्याउनुभएको छ । यहाँ २१ हजार ८२२ मतगणना भएको छ । 

गोरखा–१ मा वाम गठबन्धनका उम्मेदवार लोकतान्त्रिक गठबन्धनभन्दा धेरै अघि छन् । माओवादी नेता हरिराज अधिकारीले १५ हजार २९८ मत ल्याउनुभयो भने काँग्रेसका नेता चीनकाजी श्रेष्ठले १३ हजार २२२ मत ल्याउनुभएको छ । यहाँ ३२ हजार ५२० गणना भएको छ । 

गोरखा १ प्रदेश (क) मा माओवादी केन्द्रका लेखबहादुर थापाले ११ हजार २२ मत ल्याउँदा काँग्रेस नेता धीरन थापाले नौ हजार ३५९ मत ल्याउनुभएको छ । यहाँ २२ हजार ४१ मतगणना भएको छ । 

यस्तै गोरखा १ प्रदेशसभा (ख) मा एमालेका रामशरण बस्नेतले ११ हजार २२ मत ल्याउँदा काँग्रेसका राजेन्द्र बजगार्इँले आठ हजार ८७० मत ल्याउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु