११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब गन्न बाँकी १५ हजार मतभित्र नारायणकाजीको भविष्य !

२३ मंसिर २०७४, शनिबार ०४:२४

मङ्सिर २३, काठमाडौँ | देशभर चासोको क्षेत्र अर्थात दुई हेभीवेट नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको क्षेत्र गोरखा २ मा बाबुराम भट्टराईले निरन्तर नारायणकाजी श्रेष्ठ बिरुद्ध मतान्तर बढाउँदै लगेका छन् । 

अपडेट भएको मत परिणाम अनुसार भट्टराई र श्रेष्ठको मतान्तर ३ हजार ६ सय ४२ मतको अन्तर रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार भट्टराईले २३ हजार १ सय १७ मत ल्याएका छन् भने नारायणकाजी श्रेष्ठले १९ हजार ४ सय ७५ मत ल्याएका छन् । उता गोरखाकै क्षेत्र नम्बर १ मा भने कम्युनिष्ट गठवन्धनका हरिराज अधिकारीले १५ हजार २९९ मत ल्याएका छन् भने काँग्रेसका चिनकाजी श्रेष्ठले १३ हजार २२२ मत ल्याएका छन् ।

यस अघिको मतलाई आधार मान्ने हो भने भट्टराईले झनै अग्रता बढाएका छन् । ३ हजारको हाराहारीमा मतान्तर भएपनि अहिले उक्त मतान्तर बढेर ३६०० बढी भएको छ ।

गोरखा २ मा अहिलेसम्म ४५ हजार १ सय ७३ मत गणना भएको छ भने अब १५ हजार मत गणना गर्न बाँकी रहेको छ । यसैमा नारायणकाजी श्रेष्ठले भट्टराईलाई हराउन ३६ सय मतलाई आफ्नो पकडमा पारेर अग्रता लिनुपर्ने हुन्छ, अन्यथा निरन्तर भट्टराईको पक्षमा मत आईरहे नारायणकाजी श्रेष्ठको प्रतिनिधिसभा सांसदको लागि भएको भिडन्त बालुवामा पानी सरह हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु