११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा कांग्रेस नेता द्वय महत र केसी २५ सय र ५ हजार भन्दा बढी मतले पछाडी

२३ मंसिर २०७४, शनिबार ०५:१८

मङ्सिर २३, नुवाकोट | बिगतमा नुवाकोटमा आफ्नो पकडमा पारेका र यस पटक पनि निश्चिन्त बिजयी हुने आशामा रहेका नुवाकोटका हेभीवेट द्वय रामशरण महत र अर्जुननर्सिंङ  केसीलाई जारी मतगणना भारी परेको छ | 

निरन्तर अग्रता बढ्दै जाँदा र ठूलो मतान्तर थपिएपछी दुवै कांग्रेस नेताहरुलाई 'कम ब्याक' हुन निकै मुश्किल हुने देखिन्छ | रामशरण महतको त केहि आशा राख्न सकिएला तर अर्जुननर्सिंङ केसीलाई भने ५ हजार भन्दा बढी मत एकोहोरो आफ्नो पक्षमा आए पनि जितको लागि आशा गर्न सकिने ठाउँ निकै कम रहेको छ | नुवाकोट क्षेत्र नम्बर २ को पछिल्लो अपडेट अनुसार बामका तर्फबाट एमालेका नारायण खतिवडाले १८०६४ को योगफल तयार गर्दा कांग्रेस नेता अर्जुननरसिंह केसीले १२९१४ मत मात्र पाएका छन् | यहाँ उनीहरुको मतान्तर ५१५० पुगेको छ |

उता क्षेत्र नम्बर १ को मत परिणाम अनुसार पुर्व अर्थमन्त्री समेत बनिसकेका डा. रामशरण महत माओवादी केन्द्रका उम्मेदवारभन्दा निकै पछाडी छन् | यहाँ माओवादी केन्द्रका हितवहादुर तामाङले १४१८३ मत पाउँदा नेपाली कांग्रेसका डा.रामशरण महतले ११६५१ मत पाएका छन् | मतान्तरको कुरा गर्ने हो भने यहाँ महतभन्दा तामाङको पक्षमा २५३२ मत बढी देखिन्छ |

प्रदेशको स्थिति 

नुवाकोट क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (क) मा एमालेका बद्री मैनालीले ९६६८ मत ल्याई अग्रता लिएका छन् | यहाँ नेपाली कांग्रेसका रमेश महतले ५०९० मत मात्र पाएका छन् | 

त्यस्तै क्षेत्र नम्बर १ कै प्रदेशसभा (ख) मा माओवादी केन्द्रकि राधिका तामाङले ८७०९ मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका महेन्द्र थिङले ६७२० मत पाएका छन् | 

त्यस्तै नुवाकोट क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा पनि बाम गठबन्धननै अगाडी छ, यहाँ एमालेका केशव पाण्डेले १०९०४ मत पाउँदा कांग्रेसका जगदिशनरसिंह केसीले ६८८९ मत पाएका छन् | 

त्यसैगरी नुवाकोट क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) मा पनि बाम गठबन्धनकै अग्रता छ, यहाँ माओवादी केन्द्रका हिरानाथ खतिवडाले ८००९ मत पाउँदा कांग्रेसका जगत तामाङले ६६८९ मत पाएका छन् | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु