११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीमा वाम गठबन्धनको अग्रता कायमै

२३ मंसिर २०७४, शनिबार ०५:४९

मङ्सिर २३, पोखरा । प्रतिनिधिसभा एवं प्रदेश सभाको निर्वाचनको जारी मतगणनामा वाम गठबन्धनको अग्रता कायमै छ । 

पछिल्लो मतपरिणमअनुसार प्रतिनिधिसभा तर्फ कास्की क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेदवार खगराज अधिकारीले १२ हजार ७९९ मत प्राप्त गर्नुभएको छ भने उहाँलाई नेपाली काँग्रेसका यज्ञबहादुर थापाले आठ हजार ७०१ मतले पछ््याइरहनुभएको छ । 

कास्की क्षेत्र नं २ मा वाम गठबन्धनका उम्मेदवार रवीन्द्र अधिकारीले १२ हजार ८४६ मत प्राप्त गर्नुभएको छ भने उहाँलाई नेपाली काँग्रेसका देवराज चालिसेले आठ हजार ९४३ मतसहित पछ््याइरहनुभएको छ । 

त्यसस्तै क्षेत्र नं ३ मा वाम गठबन्धनका जगत विश्वकर्माले ११ हजार ७३७ मत प्राप्त गर्नुभएको छ भने उहाँलाई नेपाली काँग्रेसका शुक्रराज शर्माले नौ हजार ५९३ मत सहित पछ््याइरहनुभएको छ । 

तीन वटा निर्वाचन क्षेत्र भएको जिल्लाका कास्की क्षेत्र नं १, २ र ३ मा क्रमशः ६९ हजार २०, ५० हजार १ र ६१ हजार ८९२ मत खसेको थियो । 

प्रत्येक निर्वाचन क्षेत्रको चार ठाउँबाट मतगणना कार्य भइरहेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगागाल सुवेदीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु