२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि गगनले दिए यस्तो प्रतिक्रिया

२०७४, २३ मंसिर शनिबार ०७:४४

मङ्सिर २३, काठमाडौँ । काठमाडौँ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका नेपाली काँग्रेसका नेता गगनकुमार थापाले काँग्रेसलाई पुनःसंरचना गर्ने अठोट गर्नुभएको छ । 

काँग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भए पनि यस्ता आरोह अवरोह पार्टीको जीवनमा धेरै आइरहेकाले निराश नहुन पनि उहाँले आग्रह गर्नुभएको छ । आफू निर्वाचित भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र रातोपुलमा काँग्रेसको वडा समितिले आयोजना गरेको विजयसभामा नेता थापाले आफ्ना मतदातालाई धन्यवाद दिँदै अबको कार्यकाललाई समृद्धिको कार्यकाल बनाउने प्रतिबद्धता जनाउनुभयो । 

उहाँले शिक्षा र स्वास्थ्यमा सबैको समान पहुँच, विदेशिएका नेपालीलाई स्वदेश फर्काउने र बस्नयोग्य काठमाडाँै बनाउने आफ्नो अठोट स्मरण गर्नुभयो । 

आफूसँगै प्रतिस्पर्धा गरेका एमालेका डा राजन भट्टराई र विवेकशील साझाकी सुवुना बस्नेतलाई उहाँले समृद्धिका लागि मिलेर काम गर्न आह्वान पनि गर्नुभयो । 

थापाले आफ्ना निकटतम प्रतिद्वन्द्वी राजन भट्टराईलाई तीन हजार ४११ मतको अन्तरले पराजित गर्नुभएको थियो । रासस)  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा