११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालिकोटमा चुनाव: शाहीको ह्याट्रीक, रावतको सट, अर्का शाहीको छक्का

२३ मंसिर २०७४, शनिबार १०:४६

दलसिंह गिरी/मंसिर २३, कालिकोट । बिना विभागीय मन्त्री एवं नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य, अहिले प्रदेश सभाका लागि कालिकोट क्षेत्र नं. ख बाट बामगठबन्धनका साझा प्रत्यक्ष उम्मेदार महेन्द्र बहादुर शाही, यहि २१ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय (जिल्ला अदालत)मा साझबाट भइरहेको मत गणनाको सुरुवाती चरणमा अर्का उम्मेदार लोकतान्त्रीक गठबन्धनका कालिबहादुर सहकारीको मत भन्दा केही मतान्तरले पछि परेका थिए । 

मत गणना हुदैजादा धेरैको मनमा कौतुहलता जागिसकेको थियो की ? यस अघि २०७० सालको संविधान सभा सदस्यका लागि कालिकोटबाट जित हासिल गरेर सरकारको उर्जामन्त्री समेत भैसकेका शाही, यसपछि मुख्य मन्त्री भएर प्रदेश ६ को बागडोर सम्हाल्छु भन्दै प्रदेशको चुनावमा होमिएका थिए, तर सुरुको मतपरिणाम हेर्दा कालिकोट क्षेत्र नं. ख का जनताले फेरी नयाँ फल चाख्न खोजेकी त ? भन्ने धेरैमा शंका उब्जीएको थियो । 

मत गणना हुदै जाँदा विस्तारै बामे सारेका शाही मतगणनाको मध्यान्तरपछि फुटबल खेलमा खेल खेल्दै गर्दा खेलाडीले कर्नरसिप पाएर कर्नरबाट बलप्रहार गरी गोल गरेर ह्याट्रीक गरे झै एकाएक फट्को मारेर आफ्ना प्रत्यासी उम्मेदार कालिबहादुर सहकारी माथि ह्याट्रीक जमाए । 


सहकारीलाई उछिन्दै शाहीले २ हजार ८ सय ११ मतान्तरले बिजयी हासिल गरेका छन् । लोकतान्त्रीक गठबन्धनबाट उम्मेदार सहकारी भने ९ हजार, ३ सय ४२ मतमा सिमित भएका छन् । 

बाह्र हजार १ सय ५३ मत ल्याएर विजयी भएका शाहीलाई अब कालिकोटे जनताले प्रदेश नं. ६ को बागडोर सम्हाली विशेष गरी प्रस्तावित कर्नाली प्रदेशको समृद्धिका लागि मैदानमा पठाएका छन् । 

तपाई कै नेतृत्वमा प्रस्तावित कर्नाली प्रदेशको विकासका सपना शाकार होउन् कर्नालीवासीको अग्रीम शुभकामना । यस्तै कालिकोटबाट प्रतिनिधि सभाका लागि उम्मेदार दिएका नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवं अहिलेको बाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि कालिकोटबाट साझा उम्मेदार दुर्ग बहादुर रावतले मतगणनाको सुरुवातीबाटै प्रत्येक मतदान केन्द्रबाट अधिक मत ल्याएर आफ्ना प्रत्यासी लोकतान्त्रीक गठबन्धनका प्रत्यक्ष उम्मेदार एवं नेपाली कांग्रेसका यूवा नेता भूपेन्द्रजंग शाहीलाई निरन्तर सट प्राहर गर्दै ४ हजार ७ सय ५ मतान्तरले बिजयी भएका छन् । 

भलिबल खेलमा रेजरले रेज मिलाउने अनि सटरले सट हाने झै बाम गठबन्धनमा एमालेले रेज मिलाएर लोकतान्त्रीक गठबन्धनका उम्मेदार माथि लगातार सट हानेका रावलले २१ हजार १ सय १२ मत ल्याएका छन् । 

उनका प्रत्यासी शाही १६ हजार ४ सय ७ मत मै सिमित भएका छन् । प्राय विभिन्न सामाजिक अभियान संचालन गरेर संचार मिडियामा आईरहने नेपाली कांग्रेसका यूवा नेता शाही कालिकोटका हकमा युवा जगतका चर्चित ब्यक्तित्व भएपनि एमाले र माओवादी विचको बाम चेकले शाहीबाट रावत माथि सट प्रहार हुन सकेन ।

यता प्रदेश सभाका लागि कालिकोट क्षेत्र नं. क को उम्मेदार छनोटमा बामगठबन्धन विच भएको छलफलबाट एमालेका कुर्मराज शाहीलाई साझा उम्मेदार बनाउने सिफारिस भए लगतै कालिकोटका धेरै जसो ब्यक्तित्वहरुबाट कुर्मराज शाहीलाई ढुक्कता ब्यक्त गर्दै अग्रीम बधाई तथा शुभकामनाका शब्दहरु प्रहार भैरहेका थिए, नहुदै निर्वाचनको मतपरिणामले शाहीलाई च्याम्पियन बनाएको छ । 

क्रिकेट खेलमा ब्याट्समेनले छक्का प्रहार गरेर धेरै अंक प्राप्त गरे झै क्षेत्र नं. क मा बाम गठबन्धनका शाहीले माओवादी केन्द्रको साथमा लोकतान्त्रीक गठबन्धनका शाहीलाई लगातार छक्का प्रहार गरी मत गणनाको सुरुवातीबाटै फराकिलो मतान्तरले अगाडी बढेका थिए । 

भारी मतान्तरले अगाडी बढेका शाहीले आफ्ना प्रत्यासी लोकतान्त्रीक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका टेकराज शाहीलाई ७ हजार ४ सय ४६ मतको मतान्तरले पछाडी पारेका छन् । बिजयी शाहीले ११ हजार ९ सय ३५ मत ल्याएका छन् भने प्रत्यासी शाही ४ हजार ४ सय ८९ मतमा सिमित भएका छन् ।

कालिकोट प्रदेश सभा क्षेत्र नं. क मा पहिलेदेखि नै एमालेको ब्रजस्व रहेको विगतका निर्वाचनको परिणामले पनि यस्तै देखाएको थियो । त्यसमा माओवादी केन्द्रको पनि उत्तिकै ब्रजस्व देखिएको थियो । 

स्थानीय तहको निर्वाचनमा यो क्षेत्र एमाले र माओवादीको प्रभाव बढी भएकाले पनि कालिकोटका धेरै जसो ब्यक्तित्वहरुले बामगठबन्धनका साझा उम्मेदार शाहीको बिजयी शुनिश्चीत छ भन्दै अग्रिम शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु