११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन परिणाम आएलगत्तै एमाले र माओवादीभित्र सुरु भयो यस्तो बहस

२३ मंसिर २०७४, शनिबार ११:५५

मङ्सिर २३, काठमाडौँ । पार्टी एकताको घोषणासहित चुनावी गठबन्धनमा उत्रिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तालमेलको भावनाअनुसार अपेक्षाकृत परिणाम आएको मूल्याङ्कन गरेका छन् ।

यही मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको हालसम्मको मत परिणाममा वाम गठबन्धनले भने झैँ पार्टी एकतासहित स्थिर सरकारमार्फत मुलुकको समृद्धिको यात्रामा अघि बढ्न सहयोग मिल्ने गरी नजिता प्राप्त भएको देखिएको छ ।

गत असोज १७ गते यी ठूला कम्युनिष्ट पार्टीबीच भएको चुनावी तालमेलको सहमति र पार्टी एकताको घोषणालाई कतिपयले सफल नहुने आशङ्का जनाएका थिए । विगतमा सहयात्रा र तीक्ततापूर्ण दुवै अनुभव गरेका एमाले र माओवादी केन्द्रका नेता बीच भएको सहमति कार्यकर्ता र मतदातास्तरबाट नरुचाइएको त होइन भन्ने प्रश्न पनि उत्पन्न भएको थियो ।

यी दलले पार्टी एकताका लागि संयोजन समिति गठन गरिसकेको अवस्थामा निर्वाचनमा सुविधाजनक बहुमतको नजिता आउने आँकलनले दूवै पार्टीका नेता–कार्यकर्तामा थप उत्साह पैदा भएको थियो ।

एमालेका केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले आफूहरुको सहमतिको भावना (स्पिड) अनुसार नै मत आएको र यसले पार्टी एकताका लागि उल्लेखनीय सहयोग मिल्ने राससलाई बताए ।

“हाम्रो तालमेल र एकताको भावनाअनुसार मुलुकको समृद्धिका काममा अघि बढिनेछ”, उनले भने । रिमालले आफूहरुले अपेक्षा गरेअनुसार मोरङ क्षेत्र नं २ र काठमाडौँ ४ मा पराजयबाहेक अन्य स्थानमा उत्साहजनक परिणाम आइरहेको जनाए ।

माओवादी केन्द्रका नेता दीनानाथ शर्माले पनि आफूहरुको तालमेलमा कुनै तलमाथि नभएको बताउँदै पार्टी एकताका लागि नेता–कार्यकर्तामा थप उत्साह पैदा भएको प्रतिक्रिया दिए । वाग्लुङका पूर्वसांसद् शर्माले धौलागिरि अञ्चलका चार जिल्लाको मतपरिणाम आफूहरुको पक्षमा आएको बताए ।

चुनावी तालमेलको सहमतिअनुसार अन्य आउन सक्ने देशभक्त प्रगतिशील शक्तिलाई दिएर बाँकी रहेको प्रत्यक्षतर्फको स्थानमा ६० प्रतिशत एमाले र ४० प्रतिशतमा माओवादी केन्द्रलाई बाँडफाँड गरेका थिए ।

हालसम्म घोषित निर्वाचन परिणामअनुसार सिन्धुपाल्चोक, धादिङ, जाजरकोट, दार्चुला, भोजपुर, रुकुम पूर्व र रुकुम पश्चिम, बाग्लुङ, मनाङ, मुस्ताङ, ओखलढुंगा, सोलुखुम्बु, मुगुलगायत जिल्लामा वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाका सबै स्थानमा विजयी भएको छ ।

यस्तै ताप्लेजुङ, पाँचथर, दार्चुलमा समेत वाम गठबन्धनले विजयी हासिल गरेको छ । गठबन्धनबाट सिन्धुपाल्चोक क्षेत्र नं १ मा अग्निप्रसाद सापकोटा र क्षेत्र नं २ मा शेरबहादुर तामाङले विजय हासिल गरेका छन् दोलखामा पार्वत गुरुङ, विशाल खड्का र पशुपति चौलागाईंले विजयी भएका छन् ।

बाग्लुङमा एमाले, माओवादी केन्द्र र जनमोर्चा नेपालको वाम गठन्धनले दुई वटै प्रतिनिधिसभा र प्रदेशसभाका चार वटै क्षेत्रमा विजयी भएका छन् । हालसम्म घोषित परिणामअनुसार प्रतिनिधिसभा सदस्यमा पाँच स्थानका साथ काँग्रेस लगभग तेस्रो स्थानमा देखिएको छ भने वाम गठबन्धनले ३० स्थानमा जीत हासिल गरिसकेको छ ।

हालसम्मको नतिजाअनुसार नेकपा एमालेले २० प्रतिनिधिसभा जितेको छ भने प्रदेशसभामा १५ सिट जितेको छ । हुम्लामा स्वतन्त्रबाट छक्कबहादुर लामाले पनि जित हासिल गरेका छन् ।

एमालेबाट धादिङ १ मा भूमि त्रिपाठी, मोरङ ३ मा भानुभक्त ढकाल, मोरङ १ मा धनश्याम खतिवडा, बझाङ भैरवबहादुर सिंह, मोरङ ६ मा लालबाबु पण्डित, धादिङ १ मा खेमप्रसाद लोहनी, बागलुङ १ मा सूर्यप्रसाद पाठक, ओखलढुंगा यज्ञराज सुनुवार, ताप्लेजुङ योगेश भट्टराई, दार्चुला गणेशसिंह ठगुन्ना, बाजुरा लालबहादुर थापा, ललितपुर २ मा कृष्णलाल महर्जन, म्याग्दीमा भूपेन्द्रबहादुर थापा, काठमाडौँ ३ कृष्णबहादुर राई, काठमाडौँ ८ जीवनराम श्रेष्ठ, डोल्पा धनबहादुर बूढा, मुस्ताङ प्रेमकुमार तुलाचन, मनाङ पाल्देन छेपाङ गुरुङ र मुगुमा गोपालबहादुर बम विजयी भएका छन् ।

यस्तै, माओवादी केन्द्रबाट पूर्व रुकुममा कमला रोका, ललितपुर ५ पम्फा भुसाल, जुम्ला गजेन्द्रबहादुर महत, सोलुखुम्बु हेमकुमार राई, सिन्धुपाल्चोक १ अग्निप्रसाद सापकोटा, रुकुम पश्चिम जनार्दन र बागलुङ २ देवेन्द्र पौडेल विजयी भएका छन् ।

यस्तै नेपाली काँग्रेसबाट काठमाडौँ ४ मा गगन थापा, रसुवा मोहन आचार्य र काठमाडौँ १ प्रकाशमान सिंह रहेका छन् । प्रकाश सिलवाल/रमेश लम्साल/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित