Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन परिणाम आएलगत्तै एमाले र माओवादीभित्र सुरु भयो यस्तो बहस

२०७४, २३ मंसिर शनिबार ११:५५

मङ्सिर २३, काठमाडौँ । पार्टी एकताको घोषणासहित चुनावी गठबन्धनमा उत्रिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तालमेलको भावनाअनुसार अपेक्षाकृत परिणाम आएको मूल्याङ्कन गरेका छन् ।

यही मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको हालसम्मको मत परिणाममा वाम गठबन्धनले भने झैँ पार्टी एकतासहित स्थिर सरकारमार्फत मुलुकको समृद्धिको यात्रामा अघि बढ्न सहयोग मिल्ने गरी नजिता प्राप्त भएको देखिएको छ ।

गत असोज १७ गते यी ठूला कम्युनिष्ट पार्टीबीच भएको चुनावी तालमेलको सहमति र पार्टी एकताको घोषणालाई कतिपयले सफल नहुने आशङ्का जनाएका थिए । विगतमा सहयात्रा र तीक्ततापूर्ण दुवै अनुभव गरेका एमाले र माओवादी केन्द्रका नेता बीच भएको सहमति कार्यकर्ता र मतदातास्तरबाट नरुचाइएको त होइन भन्ने प्रश्न पनि उत्पन्न भएको थियो ।

यी दलले पार्टी एकताका लागि संयोजन समिति गठन गरिसकेको अवस्थामा निर्वाचनमा सुविधाजनक बहुमतको नजिता आउने आँकलनले दूवै पार्टीका नेता–कार्यकर्तामा थप उत्साह पैदा भएको थियो ।

एमालेका केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले आफूहरुको सहमतिको भावना (स्पिड) अनुसार नै मत आएको र यसले पार्टी एकताका लागि उल्लेखनीय सहयोग मिल्ने राससलाई बताए ।

“हाम्रो तालमेल र एकताको भावनाअनुसार मुलुकको समृद्धिका काममा अघि बढिनेछ”, उनले भने । रिमालले आफूहरुले अपेक्षा गरेअनुसार मोरङ क्षेत्र नं २ र काठमाडौँ ४ मा पराजयबाहेक अन्य स्थानमा उत्साहजनक परिणाम आइरहेको जनाए ।

माओवादी केन्द्रका नेता दीनानाथ शर्माले पनि आफूहरुको तालमेलमा कुनै तलमाथि नभएको बताउँदै पार्टी एकताका लागि नेता–कार्यकर्तामा थप उत्साह पैदा भएको प्रतिक्रिया दिए । वाग्लुङका पूर्वसांसद् शर्माले धौलागिरि अञ्चलका चार जिल्लाको मतपरिणाम आफूहरुको पक्षमा आएको बताए ।

चुनावी तालमेलको सहमतिअनुसार अन्य आउन सक्ने देशभक्त प्रगतिशील शक्तिलाई दिएर बाँकी रहेको प्रत्यक्षतर्फको स्थानमा ६० प्रतिशत एमाले र ४० प्रतिशतमा माओवादी केन्द्रलाई बाँडफाँड गरेका थिए ।

हालसम्म घोषित निर्वाचन परिणामअनुसार सिन्धुपाल्चोक, धादिङ, जाजरकोट, दार्चुला, भोजपुर, रुकुम पूर्व र रुकुम पश्चिम, बाग्लुङ, मनाङ, मुस्ताङ, ओखलढुंगा, सोलुखुम्बु, मुगुलगायत जिल्लामा वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाका सबै स्थानमा विजयी भएको छ ।

यस्तै ताप्लेजुङ, पाँचथर, दार्चुलमा समेत वाम गठबन्धनले विजयी हासिल गरेको छ । गठबन्धनबाट सिन्धुपाल्चोक क्षेत्र नं १ मा अग्निप्रसाद सापकोटा र क्षेत्र नं २ मा शेरबहादुर तामाङले विजय हासिल गरेका छन् दोलखामा पार्वत गुरुङ, विशाल खड्का र पशुपति चौलागाईंले विजयी भएका छन् ।

बाग्लुङमा एमाले, माओवादी केन्द्र र जनमोर्चा नेपालको वाम गठन्धनले दुई वटै प्रतिनिधिसभा र प्रदेशसभाका चार वटै क्षेत्रमा विजयी भएका छन् । हालसम्म घोषित परिणामअनुसार प्रतिनिधिसभा सदस्यमा पाँच स्थानका साथ काँग्रेस लगभग तेस्रो स्थानमा देखिएको छ भने वाम गठबन्धनले ३० स्थानमा जीत हासिल गरिसकेको छ ।

हालसम्मको नतिजाअनुसार नेकपा एमालेले २० प्रतिनिधिसभा जितेको छ भने प्रदेशसभामा १५ सिट जितेको छ । हुम्लामा स्वतन्त्रबाट छक्कबहादुर लामाले पनि जित हासिल गरेका छन् ।

एमालेबाट धादिङ १ मा भूमि त्रिपाठी, मोरङ ३ मा भानुभक्त ढकाल, मोरङ १ मा धनश्याम खतिवडा, बझाङ भैरवबहादुर सिंह, मोरङ ६ मा लालबाबु पण्डित, धादिङ १ मा खेमप्रसाद लोहनी, बागलुङ १ मा सूर्यप्रसाद पाठक, ओखलढुंगा यज्ञराज सुनुवार, ताप्लेजुङ योगेश भट्टराई, दार्चुला गणेशसिंह ठगुन्ना, बाजुरा लालबहादुर थापा, ललितपुर २ मा कृष्णलाल महर्जन, म्याग्दीमा भूपेन्द्रबहादुर थापा, काठमाडौँ ३ कृष्णबहादुर राई, काठमाडौँ ८ जीवनराम श्रेष्ठ, डोल्पा धनबहादुर बूढा, मुस्ताङ प्रेमकुमार तुलाचन, मनाङ पाल्देन छेपाङ गुरुङ र मुगुमा गोपालबहादुर बम विजयी भएका छन् ।

यस्तै, माओवादी केन्द्रबाट पूर्व रुकुममा कमला रोका, ललितपुर ५ पम्फा भुसाल, जुम्ला गजेन्द्रबहादुर महत, सोलुखुम्बु हेमकुमार राई, सिन्धुपाल्चोक १ अग्निप्रसाद सापकोटा, रुकुम पश्चिम जनार्दन र बागलुङ २ देवेन्द्र पौडेल विजयी भएका छन् ।

यस्तै नेपाली काँग्रेसबाट काठमाडौँ ४ मा गगन थापा, रसुवा मोहन आचार्य र काठमाडौँ १ प्रकाशमान सिंह रहेका छन् । प्रकाश सिलवाल/रमेश लम्साल/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश