२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विजयी र्यालीका लागि रोल्पा आएका बर्षमानले पार्टी एकताबारे मुख खोले

२०७४, २३ मंसिर शनिबार १२:४९

मनिषा राई/मंसिर २३, रोल्पा । संयुक्त वाम गठबन्धन रोल्पाका उमेद्वार एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता वर्षमान पुनमगर 'अनन्त' विजयी  र्यालीका लागि रोल्पा आई पुग्नुभएको छ । 

मतगणनास्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै शनिवार जितको नजिक पुग्नुभएको नेता अनन्तले धेरै उम्मेदवारहरु भएको ठाउँमा पनि अत्यन्त सौहार्दपुर्ण बाताबरणमा चुनाव सम्पन्न भएको र यो खुशिको कुरा भएको बताउनुभयो ।

साथै उहाँले बामगठबन्धनलाई जनताले मन पराएको उल्लेख गर्दै यो गठबन्धन पार्टी एकतासम्म जाने गठबन्धन भएको समेत उद्घोष गर्नूभयो ।

बिप्लव नेतृत्वको पार्टीले गरेको चुनाव बहिष्कार र तिनका कार्यकर्ता रिहाइको सम्बन्धमा पत्रकारहरुले गरेको प्रश्नमा नेता अनन्तले संबिधानमा नो भोटको कानुनी व्यवस्था भएपनि अबैधानिक कार्य गरेकाले त्यस्तो कार्य गर्नेहरु कानुनी प्रक्रियामा जाने र राजनैतिक रुपमा छुट्टै छलफल हुने प्रतिक्रिया दिनुभयो ।

यस्तै पार्टी एकता सम्बन्धमा पत्रकारहरुको प्रश्नमा नेता अनन्तले देशैभरि नतिजा सार्वजनिक भएपछि समिक्षा सहित पार्टी एकतामा जाने जानकारी दिनुभयो । उहाँले रोल्पा जिल्लाको अन्तिम मत परिणाम आएपछि विजयी ¥याली मनाएर मात्रै फर्किने बताउनुभयो ।

त्यसैबिच प्रदेश सभा ख प्रत्यक्षतर्फ नेकपा माओबादी केन्दका उम्मेदवार दिपेन्द्र पुन सिजलले पहिले पार्टीको जिम्मेवारीमा रहेको तर अहिले सार्वजनिक जिम्मेवार निकट पुग्दा थप जिम्मेवारी थपिएको महशुस भएको बताउनुभयो । 

उहाँले बाम गठबन्धनको नारा 'समृद्ध रोल्पा सुखि रोल्पाली' कार्यन्वयन गर्न सबैसंग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा