२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले नेता रामेश्वर फुयालको भाग्य बलियो ! जम्मा ६७ मतको अन्तरमा बिजयी

२०७४, २३ मंसिर शनिबार १६:३२

मंसिर २३,काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर ३ प्रदेशसभा ख बाट नेकपा एमालेका नेता रामेश्वर फुयाल ६७ मतको झिनो अन्तरमा प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।

फुयालले कांग्रेसका बिमल ठकुरीलाई पराजित गरेका हुन् । शनिवार साँझ सम्पन्न मतगणना अनुसार फुयालले १० हजार ८८६ मत प्राप्त गरेका छन् भने ठकुरी १० हजार ८१९ मत पाएर पराजित भए ।

रोचक संयोग नै मान्नुपर्छ फुयालले ०६४ पछि तीनै चुनावमा सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्दा एकै परिवारका सदस्यसँग बिजय र पराजय दुवैको अनुभव प्राप्त गरे । ०६४ मा फुयाल कांग्रेसका चक्रबहादुर ठकुरीसँग पराजित भएका थिए भने ०७० मा फुयालले उनै ठकुरीलाई पराजित गरे ।

०७२ को महाभूकम्पमा परि ठकुरीको निधन भएपछि राजनीतिमा आएका उनका छोरा बिमललाई फुयालले नै यसपटक पराजित गरेका हुन् । काठमाडौं ३ को प्रदेशसभा कमा कांग्रेसका छिरिङ दोर्जे लामा बिजयी भएका छन् । उनले माओवादीका रुद्र बराईलीलाई पराजित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह