अाइतबार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अाइतबार "/>

२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछाप २ बाट ढुङ्गेल बिजयी । विजयी भए लगत्तै सामाजिक संजालमा यस्तो लेखे

२०७४, २४ मंसिर आईतवार ००:०८

प्रज्वल पाैडेल । मंसिर २४, रामेछाप | रामेछापकाे निर्वाचन क्षेत्र नं २ काे प्रदेशसभामा नेकपा एमाले (बामगठबन्धन) का साझा उम्मेदवार कैलाश ढुङ्गेल बिजयी भएका छन् ।

अाइतबार विहान सार्बजनिक भएको मतपरिणाम अनुसार ढुङ्गेलले २६९३५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एवं कांग्रेसका उम्मेदवार जीत बहादुर मगरले १४७२९ मत प्राप्त गरे । ढुङ्गेलले १२२०६ मतान्तर बनाउदै मगरलाई पराजित गरेका छन् ।

नेता ढुङ्गेल विजयी भए लगत्तै उनले सामाजिक संजाल फेशबुकमा यस्ताे प्रतिक्रिया दिए ।

"मलाइ रामेछाप जिल्ला प्रदेश २ (ख )बाट प्रदेश सभा सदश्यमा निर्बाचित गर्नुहुने संपूर्ण आदर्णीय मतदाताहरु प्रति आभार ब्यक्त गर्दछु।तपाइहरुले मतदान गर्नुभएको अमुल्य मत र उक्त मतसंगै ब्यक्त भाबना (आर्थिक समृद्धि, दिगो सरकार, सबल राष्ट्र र सामाजिक न्याय सहितको आर्थिक सामाजिक ब्यबस्था) लाइ म सधै शिरोधार्य गर्नेछु । चुनाबी अभियानको क्रममा म भन्दा बढी खट्नुहुने रामेछापको नेकपा (एमाले)को सिङो नेतृत्व पंक्ति, नेकपा माओबादी केन्द्रको नेतृत्व पंक्ति, दुबै पार्टीका वडा तह संम्मका नेताहरु,सम्पूर्ण स्थानीय जनप्रतिनिधिहरु एवं आमजनताप्रति आभार प्रकट गर्दछु।  निर्वाचनमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्नुहुने रास्ट्रसेबक कर्मचारी,शुरक्षानिकाय,संचार संचारमिडिया,  निर्बाचन कार्यालयलाइ शान्तिपूर्ण वातावरणमा आफ्नो कार्य सम्पन्न गर्नु भएकोमा धन्यबाद  दिन चाहान्छु । यो हाम्रो जीतमा जनताको खुशी र ऐतिहासिक चहना गासिएको हामीले बुझेका छौ र पार्टी एकता सम्मको  योजनामा छौ।यो हाम्रो  जितले हाम्रो पार्टी भित्रको चट्टानी  एकता र चोखो बाम गठबन्धनले एउटा अनगिन्ती प्रश्नहरुको अग्नीपरीक्षा प्रथमश्रेणीमा उतिर्ण गरेको छ र भबिश्यमा अझ झन एकताबध्द हुन प्रेरणा प्राप्त गरेको अनुभुती भएको छ । यसप्रती भ्रमको खेतीगर्नेहरुलाई चेतना आएको हुनुपर्छ यदि आएको छैन भने भबिश्यमा आउनेनै छ । चुनावमा हामी संगै प्रतिस्पर्धा गर्ने अन्य राजनीतिक दलहरुको भूमिकाको उच्च सम्मान गर्दै आगमी दिनहरुमा सधै सहकार्य ,परामर्श र रचनात्मक सहयोगको अपेक्षा गर्नेछु ।"


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो