२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोट अपडेट – रामशरण महत र अर्जुननरसिंह केसीको हार निश्चित !

२०७४, २४ मंसिर आईतवार ००:३८

मङ्सिर २४, नुवाकोट | प्रतिनिधिसभा निर्वाचन अन्तर्गत निर्वाचनको मतगणना नुवाकोटमा जारी छ | पछिल्लो मत परिणाम अनुसार यहाँको दुवै निर्वाचन क्षेत्रमा बामगठ बन्धनका उम्मेदवारहरु ठूलो मतान्तरले अगाडी छन् | यहाँ कांग्रेसमा परिचित नेता द्वय रामशरण महत र अर्जुननरसिंग केसी उम्मेद्वार छन् |


नुवाकोट क्षेत्र नम्बर–१ मा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङले अहिलेसम्म २४५२८ मत पाएका छन् भने उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार डा. रामशरण महतले १८७९७ मत पाएका छन् | जुन ५७३१ को मतान्तर हो | यहाँ कुल ६९,८६४ मत खसेको छ | निरन्तर मतान्तर बढ्दा यहाँ महतको हार निश्चित भएको बताइएको छ | 

त्यस्तै नुवाकोट क्षेत्र नम्बर २ मा झन् कांग्रेसको स्थिति निकै नराम्रो छ | यहाँ अब १७६६० मत गणना हुन बाँकी छँदा कांग्रेस उम्मेदवार अर्जुननरसिंह केसी बाम गठ बन्धनका उम्मेदवार एमालेका नारायणप्रसाद खतिवडा भन्दा ७५४३ मतले पछाडी छन् |  अर्जुननरसिंह केसीले १९७७९ मत पाएका छन् भने एमालेका खतिवडाले २७३२२ मत पाएका छन् | मतान्तर घटाउन नसक्दा केसीको पनि हार निश्चित जस्तै देखिन्छ | 

प्रदेश सभाको स्थिति के छ ? 

क्षेत्र नम्बर (१) प्रदेश ‘क’

नेकपा माओवादी केन्द्रका राधिका तामाङ-१३५५४

नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र थिङ–१०१७०

कुल खसेको मत–३३,९९०

क्षेत्र नम्बर (१) प्रदेश ‘ख’

नेकपा एमालेका उम्मेदवार बद्री मैनाली–१७११५

नेपाली काँग्रेसका उम्मेदवार रमेशकुमार महत–९१२३

कुल खसेको मत–३५,८७४

क्षेत्र नम्बर (२) प्रदेश ‘क’

नेकपा एमालेका केशवराज पाण्डे–१७००१

नेपाली काँग्रेसका जगदिश्वरनरसिंह-१०७३१

जम्मा गणना मत–२९८७३

कुल खसेको मत–३५,५२८

क्षेत्र नम्बर (२) प्रदेश ‘ख’

नेकपा माओवादी केन्द्रका हिरानाथ खतिवडा–१३२१०

नेपाली काँग्रेसका जगतबहादुर तामाङ–११११५

गणना भएको मत–२६८०७

कुल खसेको मत–३४,३६९

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह