मंसिर २४, चितवन । सर्वाधिक चर्चामा रहेको चितवन ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको अग्रता कायमै छ ।
आइतबार बिहान सार्वजनिक गरिएको मतपरिणाम अनुसार उनले १४ हजार ५ सय ८९ मत प्राप्त गरेका छन् ।
त्यस्तै उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डेले १० हजार दुई सय ३७ मत प्राप्त गरेका छन् ।