गुल्मी १ बाट एमाले उम्मेदवार प्रदीप ज्ञवाली विजयी

Posted on: 10 Dec, 2017

मंसिर २४, गुल्मी । गुल्मीको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा एमाले सचिव एवं वाम गठबन्धनका उम्मेदवार प्रदीप ज्ञवाली निर्वाचित भएका छन् । ज्ञवालीले ३७ हजार ८ सय १४ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन अधिकृत राप्रसाद न्यौपानेले जानकारी दिए । 

ज्ञवालीसँग नेपाली कांग्रेसका चन्द्र भण्डारी ३० हजार २ सय ५६ मत ल्याएर पराजित भए । ज्ञवाली पहिलो र दोस्रो दुबै संविधानसभामा पराजित भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!