११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन लालकाे भूमी रामेछापमा वाम गठबन्धनकाे ‘क्लिन स्वीप’

२४ मंसिर २०७४, आईतवार ०४:१७

प्रज्वल पाैडेल/मङ्सिर २४, रामेछाप ।

तीन लालकाे भूमी रामेछापमा संघीय प्रतिनिधी सभा र प्रदेश सभाका तीनै सिटमा काङ्ग्रेसलाई पराजित गर्दै वाम गठबन्धनले क्लीन स्वीप गरेको छ ।

संघीय प्रतिनिधी सभामा वाम गठबन्धनका साझा उम्मेदवार एवम् माअाेवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठ 'कुशल' विजयी भएका छन् ।
उनका निटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका नेता पूर्ण बहादुर तामाङ 'कान्छाराम'लाई हराउँदै श्रेष्ठ विजयी भएका हुन् ।
पूर्व गृहमन्त्री एवम् विनाविभागिय मन्त्री समेत रहेका श्रेष्ठले ४२,११७ मत प्राप्त गर्दै जित हात पारेका हुन् ।


तामाङले हजार ३५,७७१ मत ल्याए। माअाेवादी केन्द्रका पाेलिटव्युराे सदस्य समेत रहेका श्रेष्ठले र तामाङकाे ६ हजार ३ सय ४६ मतान्तर रहेकाे छ ।
प्रतिनिधि सभामा जम्मा ८९,५८७ मत खसेकाे थियाे ।

यसैबीच रामेछापकाे प्रदेश सभा 'क' अर्थात निर्वाचन क्षेत्र नं १ मा बामगठबन्धनका साझा उम्मेदवार एवम् एमाले नेता शान्ति प्रसाद पाैडेल बिजयी भएका छन् ।


नेकपा एमाले रामेछाप अध्यक्ष समेत रहेका पाैडेलले २२,३६९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एवं कांग्रेसका उम्मेदवार रत्न कार्कीले १६,०५८ मत प्राप्त गरे ।

यस्तै रामेछापकाे प्रदेश सभा 'ख' अर्थात निर्वाचन क्षेत्र नं २ काे प्रदेशसभामा बामगठबन्धनका साझा उम्मेदवार कैलाश ढुङ्गेल बिजयी भएका छन् ।


नेकपा एमालेका नेता रहेका ढुङ्गेलले २६,९३५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एवं कांग्रेसका उम्मेदवार जीत बहादुर मगरले १४,७२९ मत प्राप्त गरे । ढुङ्गेलले १२,२०६ मतान्तर बनाउदै मगरलाई पराजित गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु