२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन लालकाे भूमी रामेछापमा वाम गठबन्धनकाे ‘क्लिन स्वीप’

२०७४, २४ मंसिर आईतवार ०४:१७

प्रज्वल पाैडेल/मङ्सिर २४, रामेछाप ।

तीन लालकाे भूमी रामेछापमा संघीय प्रतिनिधी सभा र प्रदेश सभाका तीनै सिटमा काङ्ग्रेसलाई पराजित गर्दै वाम गठबन्धनले क्लीन स्वीप गरेको छ ।

संघीय प्रतिनिधी सभामा वाम गठबन्धनका साझा उम्मेदवार एवम् माअाेवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठ 'कुशल' विजयी भएका छन् ।
उनका निटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका नेता पूर्ण बहादुर तामाङ 'कान्छाराम'लाई हराउँदै श्रेष्ठ विजयी भएका हुन् ।
पूर्व गृहमन्त्री एवम् विनाविभागिय मन्त्री समेत रहेका श्रेष्ठले ४२,११७ मत प्राप्त गर्दै जित हात पारेका हुन् ।


तामाङले हजार ३५,७७१ मत ल्याए। माअाेवादी केन्द्रका पाेलिटव्युराे सदस्य समेत रहेका श्रेष्ठले र तामाङकाे ६ हजार ३ सय ४६ मतान्तर रहेकाे छ ।
प्रतिनिधि सभामा जम्मा ८९,५८७ मत खसेकाे थियाे ।

यसैबीच रामेछापकाे प्रदेश सभा 'क' अर्थात निर्वाचन क्षेत्र नं १ मा बामगठबन्धनका साझा उम्मेदवार एवम् एमाले नेता शान्ति प्रसाद पाैडेल बिजयी भएका छन् ।


नेकपा एमाले रामेछाप अध्यक्ष समेत रहेका पाैडेलले २२,३६९ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एवं कांग्रेसका उम्मेदवार रत्न कार्कीले १६,०५८ मत प्राप्त गरे ।

यस्तै रामेछापकाे प्रदेश सभा 'ख' अर्थात निर्वाचन क्षेत्र नं २ काे प्रदेशसभामा बामगठबन्धनका साझा उम्मेदवार कैलाश ढुङ्गेल बिजयी भएका छन् ।


नेकपा एमालेका नेता रहेका ढुङ्गेलले २६,९३५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एवं कांग्रेसका उम्मेदवार जीत बहादुर मगरले १४,७२९ मत प्राप्त गरे । ढुङ्गेलले १२,२०६ मतान्तर बनाउदै मगरलाई पराजित गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो