मङ्सिर २४, सुर्खेत । नेपाली काँगे्रसका नेता एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्कालाई पराजित गर्दै सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार धु्रवकुमार शाही विजयी हुनुभएको छ ।
खड्कालाई तीन हजार ३८२ मत अन्तरले पछि पार्दै शाहीले ३६ हजार ७५९ मत ल्याएर विजयी हुनुभएको हो । खड्काले ३३ हजार ३७७ मत प्राप्त गर्नुभएको थियो । कूल खसेको ७२ हजार ८८३ मध्ये एक हजार ५९४ मत बदर भएको थियो ।