११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा वाम गठबन्धनको ‘क्लिन स्विप’, बर्षमान पुन दोब्बर मतले विजयी

२४ मंसिर २०७४, आईतवार ०५:१५

मनिषा राई/मंसिर २४, रोल्पा । दुई प्रदेशसभा रहेको रोल्पाका दुबै प्रदेश क्षेत्रमा बामगठबन्धनले 'क्लिन स्विप' गरेको छ ।

प्रतिनिधिसभाको उम्मेदवार रहेका माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ दोब्बर बढी मतान्तर सहित विजयी भएका छन् । वामगठबन्धनबाट उम्मेदवार वनेका पूर्व अर्थमन्त्री समेत रहेका अनन्त प्रत्यासी सिंचाई राज्यमन्त्री अमरसिंह पुनमगर भन्दा २० हजार ७ सय ४१ बढी मतले विजयी भएका हुन् । 

अनन्तले ४० हजार ६ सय ४७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका सभापति अमरसिंहले १९ हजार ९ सय ६ मत प्राप्त गरेका छन् ।

रोल्पा नगरपालिका ७ माडीचौरमा जन्मिएका अनन्त माओवादी केन्द्र कार्यालय सदस्य र पाँच नम्बर प्रदेश इन्चार्ज समेत हुन् । पार्टीमा प्रभावशाली मानिने उहा शान्ति प्रक्रियापछि पहिलो पटक गृह जिल्लाबाट उम्मेदवार भएका हुन् ।

यसैबिच रोल्पाको निर्वाचन क्षेत्र ‘क’ बाट प्रदेश सभाका लागि बामगठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका सचिवालय सदस्य कुलप्रसाद केसी सोनाम विजयी भएका छन् ।


शान्तिकालमा लाभको पद नलिएका नेता सोनाम गृह जिल्लाबाट उम्मेदवार बनेका थिए । सोनामले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर महरालाई ८ हजार १ सय ११ मतान्तरमा विजयी हात पारेका हुन् । 

केसीले १८ हजार ५ सय १२ मत लिई विजयी भएका हुन् भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका सचिव समेत रहेको महराले १० हजार ४ सय १ मत ल्याएर पराजित बने ।

निर्वाचन क्षेत्र क मा नेपाली कांग्रेसले विजयी हुने अपेक्षा गरेपनि ३३ हजार ८ सय ३३ खसेको मतमा धेरै मतान्तर भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार निर्वाचन क्षेत्र क मा २ हजार ७ सय ८५ मत वदर भए। ३१ हजार ४८ मत सदर भएको हो ।

यसैगरी रोल्पाको निर्वाचन क्षेत्र ‘ख’ बाट प्रदेशसभाका लागि वाम गठबन्धनका उम्मेदवार एवम् माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य दीपेन्द्रकुमार पुनमगर विजयी भएका छन् । 

माओवादी केन्द्रका रोल्पा र रुकुम जिल्ला इन्चार्ज समेत रहेका पुनमगर २४ हजार ४ सय ९० मतसहित विजयी भएका हुन् । उम्मेदवार पुनमगरले १४ हजार ५ सय २१ मत बढी मत ल्याएर जित हात पारेका छन् । 

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता खगेन्द्रप्रकाश हमाल ९ हजार ९ सय ६९ मत ल्याएर पराजित भए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु